यस्य पुज्यंते नार्यस्तु तत्र रमन्ते देवता:
“ Gender equality today for a sustainable tomorrow ”
सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता ।
बिशेषगरि महिलाहरुको सम्मानको लागि यो अन्तरास्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।( IWD ) सामाजिक आर्थिक संस्कृतिक र राजनीतिक क्षेत्रमा महिलाको उपलब्धिको खुसियाली मनाउन यो दिवसलाई महत्त्वपूर्ण दिन मानिन्छ ।
अन्तरास्ट्रिय महिला दिवसको सुरुवात
सन 1908 मा अमेरिकाको न्युयोर्क सहरमा महिला मजदुरले गरेको आन्दोलन बाट सुरु भएको थियोे ।तेस्बेला करिब १५ हजार महिलाहरु आफ्नो हक अधिकारको माग गर्दै बिरोध प्रदर्शनमा उत्रिएका थिए महिलाहरूले काम गर्ने समय घटाउने ज्याला बढाउने आराम गर्ने समय निर्धारण गर्ने जस्ता माग राख्दै बिरोध प्रदर्शन गरेका थिए बिरोध एक बर्ष चलिरहेको थियो यसै समय अमेरिकाको एक सोशलिस्ट पार्टीले पहिलो राष्ट्रिय महिला दिवस मनाउने घोषणा गरे पस्च्यात महिला दिवसलाई अन्तरास्ट्रिय स्थरमै मनाउने बिचार श्रमिक महिला अधिकारको पक्षमा आवज उठाउदै आएकी " क्लारा जेट्किन" को थियोे । संयुक्त राष्ट्रसंघले नारिहरूलाई पनि पुरुष सरह स्वतन्त्रता र अधिकार दिनेभनी सन १९०९ बाट नारी दिवस मनाउन सुरु गरेको थियो । नारी दिवस सन १९१४ मार्च " 8 "बाट बिश्वभरीनै मनाउन सुरु गरियो ।
नारी दिवस मनाउने निर्णय पस्च्यात महिलाहरूलाई मत दिने अधिकार सर्बप्रथम न्युजिल्यान्ड , अष्ट्रेलिया र फिनल्यान्ड गरि जम्मा ३ देशले मात्र ब्यबस्था गरेको थियोे । तेसपछी क्रमश सन १९१७ मा रुस सन १९१८ मा बेलायत सन १९२० मा फ्रान्स सन १९४५ मा जापान सन १९४६ मा ईरान् सन १९६३ स्विजर्ल्यान्ड लगायत राष्ट्रहरुले नारिलाइ मताधिकारको ब्यबस्था गरिएको थियो ।
नेपालको सन्दर्भमा भने प्रजातन्त्रको उदय संगै सन १९५० अर्थात २००७ सालमानै महिलाहरूलाई पनि मतदान गर्न पाउने अधिकारको ब्यबस्था गरिएको थियो ।नेपालमा भने वि.स. २०१६ बाट नारी दिवस मनाउन सुरु गरिएको थियो तेतिबेला सम्म बिश्वले ५० औ अन्तरास्ट्रिय नारी दिवस मनाइ सकेको थियो।
नेपालको राजनैतिक इतिहासमा एक महिला द्वारिकादेबी ठकुरानीले वि सं २००७ सालको सशस्त्र क्रान्तिमा सहभागी भएर ३२ दिन जेल वसेकी उनी २०१५ को प्रथम आम निर्वाचनमा डडेल्धुरा क्षेत्र नं ६९ बाट नेपाली काँग्रेसको उम्मेद्धवार थिइन । त्यो चुनावमा प्रतिश्पर्धा गर्ने र जित्ने उनी एक मात्र महिला उम्मेद्धवार हुन् र उनी दक्षिण एसियाकै पहिलो उपप्रधानमन्त्री बनेकी थिइन । केही समय यता नेपालको प्रमुख संबैधानिक अङ्गहरुमा राष्ट्रपती , बिध्यादेबी भण्डारी, सभामुख,ओन्सरी घर्तिमगर ,प्रधानन्यायाधीश, शुसिला कार्की , लगायत महिलाहरुले प्रमुख भुमिका निभाउने अवसरहरु प्राप्त गरेका थिए ।
१.महिला अधिकार :
* नेपालको संविधान २०७२ ले महिलाहक सम्बन्धि ब्यबस्थामा धार ३८ ले तपसिल ब्यबस्थाहरु गरेको छ ।
* प्रत्येक महिलालाई लैङ्गिक भेदभाव बिना समान वंशिय हक हुनेछ ।
* प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वस्थ्य सम्बन्धि हक हुने छ।
* महिला विरुद्ध धार्मिक सामाजिक सांस्कृतिको परम्परा प्रचलन वा अन्य कुनै आधारमा शारीरिक मनसिक यौनजन्य मनोबैज्ञानिक अर्थात अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन ।
* राज्यको सबै निकायमा महिलालाइ समनुपातिक समाबेसी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ ।
* महिलालाई शिक्षा स्वस्थ्य रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक बिभेदको आधारमा बिशेष अवसर प्राप्त गर्नेहक हुनेछ ।
* सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान् हुनेछ ।
नेपालको संविधानमा महिला अधिकार सम्बन्धि अन्य संबैधानिक अङ्गहरुमा पनि ३३% को समान् ब्यबस्था गरिएको छ ।
२.सशक्तीकरण :
सशक्तीकरण : महिलाहरुले आफुभित्र लुकेको सीप क्षेमतालाई समय अनुसारको प्रतिस्पर्धामा सफलता प्राप्त गर्नसक्ने क्षेमताको बिकाश गर्नु अर्थात् अशक्त र शक्तिबिहिनहरुको क्षमता र प्रतिभालाई व्यबहारमा प्रयोग गर्न सक्षम बनाउनु सशक्तीकरण हो।
नेपालमा आजपनि नारीहरुको आवाज अझै बुलन्दहुन सकेको छैन । महिलाहरू हरेकदिन हत्या, हिंसा, बलात्कार, छाउपडी दाइजो जस्ता कुप्रथाको सिकार भैरहेका छ्न । तेसैले समाजका हरेक नागरिकले महिला र पुरुष समानहुन र समान व्यबहार गर्नुपर्छ भन्ने मनोबैज्ञानिक धारणाको बिकास गर्नु आजको आवश्यकता हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved