राधिका जोशी
देश भन्नु त के रैछ र चार किल्लाको माटो
त्यहि माटो नी उनकै मात्र जो छन टाठो बाठो
आफ्नै बिचार बैरी भयो का जाउँ कता भागुम
ज्यानकै बाजी थापेको कल्लाई हिसाव मागुम
अभाव अभावले हाम्रो घाटी अठ्यायो
परिस्थितिले मलाई परदेश पठायो
एउटै घट्ना कोइलाई फाइदा कोइलाइ भयो हानी
कतै म¥यो अत्मसम्मान कतै स्वाभिमानी
गायक प्रकाश सपुतका यि गितका यि शव्दहरु जति मार्मीक छन् त्यति नै यर्थार्थ परक पनि छन् । द्धन्दकालमा परिर्वतर्नको नाममा १० वर्ष चलेको माओवादी युद्धका भुइमान्छेका आशा, निराशा, भोगाइ र पिडाका डोबहरु यो गितका शब्द शब्दले बोलेको छ । प्रकाश सपुतले केही दिन अघि मात्रै सार्वजनीक गरेको गरेको यो गितले हरेक मान्छेको मन छोएको छ । छोटो समयमै यो गित युट्युवमा ट्रेन्डिङ नम्बर १ मा पुगेको छ । सबैले यस गितका सर्जक प्रकाश सपुतलाई मनै देखी सम्मान गरेका छन् । सामजीक संजालमा जताततै यहि गितको मात्रै चर्चा भइरहेको छ ।
वास्तवमै गित र गित को मर्मले हरेकको मन छोएको छ । तर, माओवादी केन्द्रको तर्फबाट सपुतलाई यो गीत युट्युबबाट हटाउन र माफी समेत माग्न भनिएको छ, अन्यथा नराम्रो हुने चेतावनी समेत दिइएको छ । सपुतको पीर बोलको यो गीत, यसका शब्द, भाका आफैंमा मुटु छुने छन्, संगै उनको गीत माओवादीप्रति कटाक्ष भयो, नकारात्मक भयो भन्दै पक्ष र विपक्षमा आइरहेका टिकाटिप्पणी, र माओवादी केन्द्रका नेताहरुको चेतावनीले यसलाई थप चर्चित मात्रै बनाएन उनको सृजना बिवादित पनि बनेको छ । विशेषगरी माओवादीका नेता र कार्यकर्तालाई यो गीतको भिडियोले धेरै नै चिढ्याएको छ । माओवादीका केही युवा नेता, कार्यकर्ताले त विज्ञप्ति निकालेरै श्रजकलाई भिडियो हटाउन चेतावनी नै दिएका छन् । यतीसम्मकी गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’ का विषयमा उठाइएका प्रश्नहरुबारे प्रष्टिकरण दिनुपरेको छ् । आफ्नो कसैप्रति पनि राजनीतिक पूर्वाग्रह र गलत नियत नरहेको भन्दै उनले स्पष्टिकरण दिएका छन् । सपुतले आफु करिब ४ वर्षदेखि दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने पस्किने मध्येका थुप्रै सहकर्मी पूर्वलडाकु भेटिएको र उनीहरुले गरेका चरम निराशावादी विषय डायरीमा नोट गरेरै यो गित श्रृजना भएको स्पष्ट पारेका छन् ।
एउटा गायकले गितबाट देश र जनताको दुःख देखाउदा पार्टी भित्रको राजनीतिमा नै माहा प्रलयनै जान थालेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यो विषयमा कोहिपनि उत्तेजित हुनु नपर्ने अभिव्यक्ति दिए । उनले तर्क बितर्क भइरहने भएकाले त्यसलाई सहज स्वाभाविक रूपमा लिनुपर्ने वताए । उनले आफू खाडी मुलुक जाँदा दुखपू्र्ण जीवन बिताएका लडाकुहरूलाई भेटेको स्मरण पनि गरे । जसले प्रचण्डलाई केही हद सम्म सानत्वना मिलेको छ ।
तर, माओवादी युद्धमा देशको लागि लढ्ने सच्चा योद्धाहरु अहिले कोहि खाडीमा छन् त कोहि गाउँ घर तिर अपाङ भएर नारकिय जिवन वितइरहेका छन् । कोहि भारतको मुम्बइका होटलमा भाडा माझी रहेका छन् त कोहि ज्यानको बाजी थापेर सिम्ला तिर स्याउ टिपिरहेका छन् । अझ कोहि त आज पनि सहयोगको आसमा शरीर भित्रका गोलिका घाउ बोकेर गाउँ घर तिर आगनमा बसेर टुलुटुलु बाटो हेरिरहेका छन । कति मरे कति बेपत्ता भए । कति टुहुरा भए, कति बिधवा भए । तर तिनै लडाकुले आज सत्तामा पु¥याएका नेताहरुको ध्यान खोइ त त्यता तिर गाको ?
बरु, स्विकार्नुस वा नस्विकार्नुस प्रकाश सपुतको यो गित अझै अपुरो छ, यसमा शिक्षकलाई प्रताड पिडा दिएर रुपमा झुण्ड्याइएको, पण्डित लाई गोली हानेको, पुजारीलाई गिसारेर लगेर भैसीको मासु खान लगाइएको, मन्दीरका बहुमुल्य सामान चोरीएको र मूर्तिहरु तोडफोड गरिएको, यात्रु वाहक बसमा आगो लगाएको, राष्ट्रिय धरोहर स्थल, पुलपुलेसा, सरकारी भवन, राष्ट्रिय विभूति हरुको सालिक भत्काएको, हजारौ टुहुरा, बिधवा घरबार बिहीन भएको सबै समेटिएको छैन । घरको एक जना प्रहरी वा सेनामा भर्ति भएकै निहुमा त्यस घरका सबै सदस्यले नारकिय जिवन जिउनु वा आफ्नो जिवनको आहुति दिनु परेको घट्नाहरु समेटिएको छैन । गाउँमा तपाइहरुको दलबल आएर एउटा गरिव परिवारकालागि १ वर्ष पुग्ने अन्न १ दिनमै सखाप पारेको, गाउलेहरुले के रात के दिन डर र त्रासमा जिवन बिताएका अनि ति कलिला बालबालिकाहरु जसको हातमा कलम हुनुपथ्यो तिनलाई बन्दुक समात्न सिकाउने तपाइहरुका कयौँ कर्तुतहरु यहाँ निकालिएको छैन । यसैमा सुकर मनाउनुस्।
के भन्नु सक्नुहुन्छ, देशमा यत्तिको राजनीतिक परिवर्तन ल्याएर पनि जनताले आखिर के पाए ? बरु तपाइहरुनै सुविधाभोगी भएर आफैले ल्याएको व्यवस्थालाई भताभुङ्ग बनाइसक्नु भएको छ । जसलाई तपाहरुले निरंकुश र तानाशाही शासन भन्नु हुन्थ्यो अहिले त्यहि शासन चाहियो भन्दै सडकमा आन्दोलन हुन थालेको देख्नु भएको छैन ? तपाइकै कार्यकर्ताहरु समेत राजसंस्थानै ठिक रहेछ भन्नमा पुगिसकेका छन् । हरेक दिनको तपाइका व्यवहारले जनता अब आजित भइसकेका छन् । हेक्का रहोस नेताज्युहरु, हिजोका दिनमा तपाइलाई फुलमाला लगाउने जनता अहिले तपाइलाई जुत्ताको माला लगाउन आतुर छन् । तपाइ सुरक्षाको दलबलका साथ हिड्नु हुन्छ र पो बाच्नु भएको छ । अन्यथा तपाइको असली चेहरा जनताले नै देखाइ सकेका हुन्थे । मैले यति भनिरहदा तपाइमा पक्कैपनि धैर्य गर्ने क्षमता क्षिण भइसकेको छ, म त्यसको महसुस गर्न सक्छु । तर म चुनौती पनि दिन चाहन्छु, तपाइले देश द्रोही, शासक भन्दै श्रीपेच खोसेका राजा ज्ञानेन्द्र शाह निर्भक अनि निडर भएर जसरी जनतामाझ गइरहनुभएको छ, बालक देखी बृद्धको सम्मानको पात्र बन्नु भएको छ, त्यसैगरी तपाइपनि जनता समक्ष बिना दलबलका साथ जान सक्नुहुन्छ ? के जनता माझ बिना डर, धम्कि आफ्ना मुद्धा राख्न सक्नु हुन्छ ? वा राजाको जस्तै मान सम्मान पाउनु सक्नु हुन्छ ? सक्नुहुन्छ भने आउनुस जाउँ जनतामाझ , तपाइहरु एकातिर अर्कोतिर राजा ज्ञानेन्द्र । के हिम्मत छ तपाइहरुलाई ?
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved