हाम्रो मौलिक अस्तित्व र हाम्रो अन्तराष्ट्रिय सम्बन्ध

  • बैशाख २, २०७९
  • कालापानी मिडिया
alt

राधिका जोशी

नेपाल सदा स्वाधिन राष्ट्र हो । विस्तारवादको जगजगी देखि अनेक खालका प्रभाववादको जमानामा पनि हाम्रो छुट्टै राष्ट्रिय पहिचान अनि आफ्नै मौलिक अस्तित्व रहको हो । आफ्नै खालको भू बनोट प्रकृति र सामाजिक सांस्कृतिक रिति स्थितिले पनि नेपाल शान्त सुन्दर स्वतन्त्र रहेको हो ।

हाम्रो यो प्रकारको पुर्ख्यौली परम्परा, हाम्रो आफ्नै प्रकारको राज्य प्रणाली तथा विश्व मैत्रीको भावनाकै कारण पनि विश्वमा नेपालको बेग्लै प्रभाव र छुट्टै हैसियत बनेको हो । यो सारा भूमण्डल हाम्रो साझा हो, यहाँका सबै कुटुम्ब हुन्, मानवता शान्ति सहिष्णुता र आपसी सहयोग सौहार्द्रता नै नेपालको आफ्नो आदर्श हो । त्यही आदर्श र त्यही मैत्री भाव द्वारा हाम्रो परराष्ट्र नीति बढ्दै आएको हो ।

विश्वका सबै राष्ट्र, सबै समुदाय मिलेर रहुन्, कतै युद्ध अशान्ति अचाक्ली नहोस र कोही कसैमा विभाजन विभेध नरहोस् भन्ने हाम्रो मान्यता हो । विश्वका सबै ठूला साना राष्ट्रहरु, तिनका आफ्ना आफ्नै खाले मौलिक मूल्य, छुट्टै पहिचान अनि तहनुकूलको आफ्नै विधि पद्दति हुन्छ । त्यसमा अरु कसैबाट अवाञ्छित वा अप्राकृत दवाव प्रभाव तथा हस्तक्षेप हुनुहुँदैन भन्ने हाम्रो राष्ट्रिय अवधारणा हो ।

त्यसै भएर नै हामीले दुई ठूला विश्वयुद्ध पछि अनि बिस्तारवादको कटुतावोध पछि संयुक्त राष्टरसंघको वडा पत।र लाई अंगीकार गर्दै पञ्चशील, सह अस्तित्व एवम् असंलग्न अभियानका आदर्शहरुलाई अख्तियार गर्दै आएका हौं । राष्ट्र राष्ट्रका बीच सुमधुर सद्भाव हुनुपर्छ–परस्पर सहयोगको वातावरण बन्नुपर्छ कसै माथि थिचोमिचो हुनुहुन्न र घातक शस्यास्य को होडमा लाग्नु हुन्न भन्ने हाम्रो विश्व शान्तिको मूल भावना हो । राजनीति अर्थ व्यवस्था भू बनोट र प्राकृतिक स्रोत साधन वा धर्म संस्कृति रीति रिवाज भाषा भेष जसका जे जस्ता रहे पनि – ती सबेलाई सम्मान गर्दै – मानव अधिकार मानविय सौहार्द्र भाव र समाजको उत्तरोत्तर विकास तर्फ हाम्रो साझा प्रयत्न हुनुपर्छ भन्ने नै हाम्रो दृष्टिकोण हो ।

तर युगको परिवर्तन, शिक्षा दीक्षा मानविय चेतना र आधुनिक विधि प्रविधिको विकास हुँदै गइरहेको आजको विश्वको परिस्थितिमा पनि राष्ट्र राष्ट्र का बिच वैमनस्य द्वन्द दवाव प्रभाव तथा आत्म केन्द्रित स्वार्थभाव कायम भइराख्नु हाम्रो चिन्ताको विषय हो । असमर्थलाई सघाउनु, नजान्ने लाई सिकाउनु र सबै मिलेर हाम्रो यो विश्व भूखण्डलाई सजाउनु हाम्रो धर्म हो, हाम्रो कर्तव्य हो । हाम्रा अनेक धार्मिक सांस्कृतिक शास्त्र एवम नीति दर्शन तथा प्रचलित मान्यताले औल्याएका कुरा पनि यिनै हुन् ।

नेपाल राष्ट्रको सिंगो संरचना खडा भएपछि बडामहाजाधिराज पृथ्विनारायण शाह देखी लिएर हामी नेपालमा मानी आएका र गरी आएका कुरा शान्ति स्वतन्त्रता तथा समुन्नतिहुन् । अनि यसका लागि अवलम्वन गर्नुपर्ने नीति मैत्री सहयोग र आपसी लाम नै हुन् त्यसैका हेतु हाम्रो अन्तराष्ट्रिय सम्वन्ध विस्तारित रुपमा सुमुधुर बन्दै गएको पनी हो । तर आज आएर दूषित विकृति, विसंगति एवं दुष्प्रभावित राजनीति तथा राज्य व्यवस्था शैलीका कारण कताकता हाम्रो शान्तिपूर्ण तटस्थ अन्तराष्ट्रिय सम्बन्धमा केही चीसोपन पैदा हुदै गएको हाम्रो कटु अनुभव छ जो हुनुहुन्न ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved