राप्रपाको मुसा दुला खोतल्दै

  • बैशाख २, २०७९
  • कालापानी मिडिया
alt

radhika joshi

राप्रपामा एकताका नेता कमल थापालाई नेपाली राजनीतिका मुसा भन्ने उपनामले विश्लेषकहरुले चित्रण गर्दथे । आफु मन्त्री हुन पाएपछि र आफ्ना भाइलाई सांसद बनाएर भ्रष्टाचारको वर्को ओडाउन पाएपछि जुनसुकै दुलामा पनि पस्ने जतापनि खोतल्ने भएरै होला उनलाई मुुसा को उपाधि मिलेको ।
अहिले उनि आफ्नो लामो आस्थालाई तोडेर फेरी कुन दुलामा पस्दा पदबहाली भै राख्छ र आफ्नो पनि मन्त्री पद सुरक्षित हुन्छ भनेर ठूला दलको दैलो चहार्दै दुलो खोज्दै हिडेका छन् । तर, जुनसुकै दुलाबाटपनि विगार बाहेक सपार नगर्ने उनको स्वार्थी स्वभावले कुनै पनि ढाडे विरालाको निशानामा पर्ने खतरा उनि माथी देखिन्छ भन्ने पर्यवेक्षकीय टिप्पणी छ ।

राप्रपाका गीता कसमी र नयाा गोताखोर
त्यो राष्ट्रिय सभागृहको गर्जन थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी अब कहिल्यै टुट्दैन, यसलाई फुटाइन्न पनि । र हिन्दु राष्ट्र, राजसंस्था यसको आस्था हो । पार्टीको अविचलित आस्थालाई मर्न दिदैनौ । हो यि र यस्तै वाक्यांशहरु भन्दै धर्म भाकेर कोटको खल्तीबाट भगवान श्री कृष्णको ज्ञानामृत, हिन्दुहरुको आस्थाको ग्रन्थ गीता झिकेर कसम खाएका पूर्व मण्डले नाइके कमल थापा अहिले त्यो कर्म र मार्गमा छैनन् , उनको धर्म धर्मराएर दुर्घटनाग्रस्त भएर नदीको भेलमा बगिरहेको मात्रै छैन । नदि वरीपरीका वस्तीलाई दुर्गन्धित पारीरहेको छ । यतिसम्मकी यो देशको गौरव हामी सबबैको आस्थाको धरोहर राजसंस्थामाथी धावा बोल्दै आफु पानी मुनिको ओभानो बन्न खोज्दै छन् । तर, उनि हिजोका दिनमा कसरी चलेका थिए, के गर्थे र कस्तो प्रवृतिका हुन भन्ने हरेक जन जनको अन्तर मनले महसुस गरिसकेको छ ।

अब जनताको आखामा जति नै छारो हाल्ने काम गरेपनि जनता पत्याउने वाला छैनन् । यदि जनताले उनलाई पत्याउने नै थियो भने त धेरै टाढा नजाउ वतर्मान अवस्थामा स्थानीय निर्वाचनका लागि उनले गरेको गठबन्धन काफी छ । आफु र आफ्नो पार्टीलाई जनताले नपत्याउने र निर्वाचनमा धुल चटाइदिने जनताको चाहना थाहा पाएरै उनले आफ्नो निर्वाचन चिन्ह सम्म प्रयोग गर्न नसक्ने भएका छन् । एमालेको निर्वाचन चिन्ह सुर्यबाट लडे दुई चार सिट जितिन्छ र फेरी मन्त्रालय टप्काउन पाइन्छ भन्ने उनको पुरानो सोच अहिले पनि कायम नै देखियो ।

यता, राप्रपाको नयाँ नेतृत्व थापाको धर्म धर्मराएर दुर्घटनाग्रस्त भएर नदीको भेलमा बगिरहेको भेल प्रवाहमा गोताखोरी गर्दै पवित्र ग्रन्थ गीता आदर्शको पथमा प्रतिवद्ध देखिन्छ । धर्म छाडाहरुको सास र लास खोज्ने तिर भन्दा नयाँ गोताखोरहरुले आफ्नो वलवूता अनि गीता निष्ठ भएर देखाउन भन्ने आम स्वाभिमानी राष्ट्रवादी नागरिकहरुको धारणा पनि छ ।

राप्रपाका धृतराष्ट्र शकुनी र नयाा गाण्डीवधारी
राप्रपा भित्रका धेरै धृतराष्ट्रहरु र धेरै शकुनीहरु अहिले केही कतै विलाए, हराए र स्वयं भ्रमित भएर भागिसके । जुन धृतराष्ट्रहरुले आफ्ना छोरा भाई भतिजालाई मन्त्री बनाएर आफ्ना आसेपासेलाई कुनै कसर बाकी नराखी कतिपय पदमा वहाल गराएर र स्वयं पनि आफ्नो स्वार्थ सिद्ध गरे । यतिमात्रै होइन राप्रपा भित्रका केही शकुनीहरुले आफ्नै दिदी भिनाजु भान्जा भाइको स्वार्थ सिद्धि गर्दै आफ्नो मूल्य मान्यता विपरीत सत्ता स्वाद लिदै गए ।

तर, अव यस्ता धृतराष्ट्र र शकुनीहरु राप्रपामा छैनन् भन्न त मिल्दैन तर, उति सारो छैनन्, नेतृत्वले सजग हुने हो भने ति शकुनीहरु आफ्नो बाटो आफै तय गर्नेछन् । त्यसका लागि नयाँ गाण्डीवधारीहरुले राम्ररी तयारीका साथ रणमैदानमा उत्रने वाचा कसम र अठोट गर्नु पर्छ । किनकी तिनको त्यो गाण्डीव कति दरो र कति धारिलो हुने हो तमाम राष्ट्रवादी नेपाली अन्तर्मनको जिज्ञासा छ । यसलाई नेतृत्वले आत्मसात गर्नै पर्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved