लेखक ः मनमोहन जोशी
आमा तिमि महान छौ
जो जस्ले जीवन झुपडीमा र बच्चा गोठ मा जन्माइन, तिनि पनि आमा नै हुन् । जसले जीवन महल र बच्चा सिसमहल मा जन्माइन तिनि पनि आमा नै हुन् ।
आमा, प्रसव पीडा उतिकै थियो होला नि होइर र तिमिलाइ रउनलाइ थियो। जति प्रसव पिडा भएनि के भो र आमा उन्का दर्जनौ सुसारे थिए ख्याल गर्ने, खाना खुवाइदिने र आमा र बच्चाको रेखदेख गर्ने ।
तर तिमिले एक घुट्को तातो पानी पाइनौ पिउन लाई पनि ।
प्रसव पिडा सहन नसकेर गाई बाध्ने किलोमा अङ्गालो हाल्यौ ।
तिम्रो अय्या र आथ्था सुनिदिने कोहि थिएन । थिए त केवल गोठमा गाई वस्तु ।
एक टुक्र सुकिलो लुगा पाइनौ तिमिले आफ्नो नवजात शिशुको शरीर छोप्न पनि । एउटा पिडा रोक्ने ओखतीको टुक्रा पाइनौ तिमिले ।
जीवन र मृत्यु को दोसाँधमा पल्टिएको बेला ।
दुई छाक टार्न झन गाहे भयो होला होइन र आमा ?
तिमिले जव नवजातलाई यो धर्तीमा पाइला टेकाइ सके पछि ।
त्यसैले म भन्छु आमा उनी पनि हुन् र आमा तिमी पनि हौ ।
आमा सबै सधै माहान हुन् । तर, उनको मुद्रा रुपि घोडाले सहज र सरलतामा ढाल्यो त्यो प्रसव पिडाको यात्रा लाई ।
उस्तै तिमी प्रतिकुल अवस्थामा थियौ र अज झन पिडादाइ र कष्कर बनाइदियो । त्यो प्रसव यात्रा र जिवन दैनिकी नै ।
किनकि, तिमी सङ्ग मुद्रा थिएन, थियो त केवल पाखुरीको ताकत, नाम्लो लाउने टाउको, अनि धर्ती चिर्ने औलाहरु ।
जब यि सबै इन्द्रियहरु सिथिल भए आमा तब तिमी कसरी आमा भैरहन सक्यौ ? तिम्रो त्यो साहस र जाँगर देखेर आज म निसव्द छु, कि तिमी कसरी आमा भैरहन सक्यौ ?
तिमि संग नत सिस महल थियो । नत सुसारे थिए, नत मुद्रा रुपि घोडा नै थिए । न पीडा थेग्ने ओखती नै थियो तिमी सङ्ग ।
हो म आज यहि सोचिर निसब्द भए कि तिमी यति कठिनाइका बावजुद पनि कसरी माहान आमा बन्न सक्यौ ?
सन्दर्भ ः
पुजिपती र सर्वहारा वर्ग विचको
तितो सत्य
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved