एजेन्सीः शौचालय जानुको अल्छीले डाइपर लगाएर हिँड्ने एक व्यक्तिमाथि उनकै श्रीमतीले अस्ट्रेलियाको अदालतमा सन् २०२१ मा मुद्दा हालेकी थिइन्।
यतिबेला ती पुरुष र महिलाबीच सोही कारण सम्बन्धविच्छेद भइसकेको छ।
अस्ट्रेलियाको अदालतले ती पुरुषलाई अब बच्चा भेट्न नदिने पनि फैसला गरेको छ।
सन् २०२१ मा ती महिलाले श्रीमानले पनि बच्चालेजस्तै डाइपर लगाएको चाल पाएकी थिइन्।
शौचालय जानुको अल्छीले ती श्रीमानले लगातार डाइपर लगाएपछि महिलाले सम्बन्धविच्छेद गर्नुका साथै श्रीमानविरुद्ध मुद्दा पनि हालिन्।
यतिबेला अदालतले महिलाको पक्षमा मुद्दा फैसला गरेको हो । स्थानीय फ्यामिली कोर्टकी न्यायाधिश हिलेरी हेननका अनुसार पुरुषले डाइपर लगाउनुको उचित कारण दिन सकेनन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved