बामदेवको 'बाम कार्ड' र चर्तुमुखी ब्रम्हा जी

  • असार १७, २०७९
  • कालापानी मिडिया
alt

नेकपा विवाददेखि एमालेको विभाजनसम्मको समयसम्म र त्यपछिको घटनाक्रममा आइपुग्दा अन्तरपार्टी संघर्षमा सबैभन्दा धेरै प्रयोग भएका पात्र हुन्, बामदेव गौतम । गौतमको अस्थिर चरित्रको फाइदा ओलीदेखि प्रचण्ड र माधव नेपालसम्मले उठाए र उनैलाई प्रयोग गर्ने अस्त्र बनाए । २०५४ सालमा महाकाली सन्धिदेखि विशेष परिचित गौतम माले बनेर उदय भए तर थेग्न नसकेर पुन: विलय भएदेखि नेकपा एकता र उनले भन्ने गरेको माओवादीको १२ वर्षे जनयुद्धको विश्रामकर्ता सबैतिर प्रयोग र असफल चुनिए गौतम ।

२०५६ सालमा भएको आम निर्वाचनमा पार्टी कमजोर भएपछि तत्कालिन पार्टी महासचिव माधव नेपालले हकारेको त्यो दिन र नवौँ महाधिवेशनका किङ मेकर गौतमको शक्ति क्षयीकरण मात्र भएन, राजनीतिक रूपमा उनी ‘पेण्डुलम’ नै बन्न पुगे । महाधिवेशनपछि पनि एमालेभित्रको शक्ति संघर्षमा गौतम जता ढल्कियो, केन्द्रीय कमिटीमा उतै बहुमत पुग्ने स्थितिसमेत थियो । तर, नेकपा र पछि एमालेभित्रको गुटगत ध्रुवीकरणमा दुवै समूह उनको भर पर्न छाडे । किनकी गौतमले नेकपा विभाजनमा आफ्नो भूमिका रहेको स्वीकार गरे ।

९ सदस्य रहेको सचिवालयमा विभाजको रेखा कोर्न माधव प्रचण्डलाई साथ दिए । उनले त्यतिमात्रै गरेनन् । ओलीलाई प्रचण्डले लेखेको १९ पन्ने आरोपपत्रका योजनाकार पनि बामदेव गौतम नै रहेको एमाले नेताहरु अझ पनि स्मरणमा ताजा रहेको बताउँदै आएका छन् ।

उनलाई समय समयमा ललिपप दिएर साम्य पार्ने प्रयास पनि नभएका होइनन् प्रतिनिधिसभा सदस्य चुनाव हारेका गौतमलाई अर्को कुनै सांसदलाई राजीनामा गराएर भए पनि संसदमा छिराएर प्रधानमन्त्री बनाउने सपना देखाइयो । त्यो सहज नभएपछि राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत हुने र संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउने कोसिस भयो । एक पटक जसरी भए पनि प्रधानमन्त्री बन्ने त्यही महत्त्वाकांक्षाले गौतमलाई वल्लो तिर न पल्लो घाट बनायो ।

सधै एउटा पक्षले उचालेर कलहको कारण बनाइने गौतम अर्कोतर्फ लागेर झगडा मिलाउने सूत्र पहिल्याउनका रुपमा पनि प्रयोग भए तर नेकपा विभाजसँगै टुक्रिएको एमालेपछि भने उनी खासै पर्दा अगाडि उभिन सकेनन् । न एमाले, न नेकपा एस न त माओवादी केन्द्रले नै पत्यायो ।

गौतमका गतिविधिमा कतिसम्म विरोधाभाष देखियो भने उनले एमाले उपाध्यक्षबाट राजीनामा दिएर नेकपा एकीकृत समाजवादी पार्टीमा जाने सार्वजनिक घोषणा नै गरे । दल विभाजन निवेदनमा हस्ताक्षर पनि गराए । सनाखत गर्ने अन्तिम दिन ९ भदौमा पत्नी सांसद तुलसा थापाको नयाँ पार्टीमा सनाखतसम्बन्धी निवेदनसमेत निर्वाचन आयोग पुग्यो । तर, ढिलो भएको भन्दै आयोगले सनाखत गर्न मानेन ।

अन्तत्व वामदेव असार १४ गते नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गरेका छन् । गौतमले आफ्नै नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियान गठन गरेको र सोही अभियानको विस्तारित रुपमा हाल पार्टी घोषणा भएको गौतमको भनाइ छ । संयोजक गौतमले आफूले नेपाली माटोको रिन तिर्न बाकी रहेको भन्दै पार्टीको मूल्यांकन एक बर्षमा गर्न समेत आग्रह गरे । विघटन भएको नेकपालाई पुनर्गठन गर्ने मूख्य कार्यभार आफूहरुमा रहेको संयोजक गौतमको भनाई थियो अहिले आफूहरु निर्वाचनमा गएर बहुमत प्राप्त गर्ने कल्पना पनि नगरेको भन्दै गौतमले आफू प्रधानमन्त्री भएको खण्डमा अरुले भन्दा उल्लेखनीय काम गर्ने दावी समेत गरेका छन् ।

योसँगै मैदानमा उत्रिएका गौतम असार १७ गते बिहानै भक्तपुरको बालकोट पुगे र केपीशर्मा ओलीलाई भेटे, भेट र त्यसभिको चुरो कुरा बाहिर नआएपनि बामदेव बाम कार्ड फाल्न पुगेको सहजै अनुमान गर्न सकिन्छ किनकी उनी बाम कार्डको रुपमा फेरी आफुलाई स्थापीत गर्दै आगामी संघको निर्वाचन जित्न मोडमा पुगेका छन् । बाम एकता मिलाउनकै लागि उपराष्ट्रपति कार्यलयमा नन्दबहादुर पुलाई साक्षी रहेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका गौतमले नेकपा एसका अध्यक्ष माधव नेपाल भेट्न कोटेश्वर पनि पुगे तर त्यसको प्रतिफल र सार्थकता भने न गौतमले खुलाए न उनीसँग बाम कार्डको कथा सुन्ने नेताहरुले नै मुख फोरे ।

यसरी बाम एकताको बाम दौडमा हिडेका गौतमले किन बिर्सिए आफ्नै प्रमुख भुमिकामा प्रचण्ड र ओलीलाई टुक्राएर माधव नेपाललाई अलपत्र पारेको, किन बिर्सिए कहिले ओली र कहिले माधवको भजन गाएको र अहिले कुन मुखले बाम एकता भजाउँदैछन् ।

अर्को तर्फ बामदेवको बाम एकता शीर्ष नेताहरुको लागि त मसला बन्ना तर उनीहरुका पछि परेका दोस्रो तहका नेताहरुले आफ्नो अबसर बाम एकतापछि देखेकै छैनन् र जसले गर्दा बामदेवको कार्डलाई निरर्थक सम्झिदै उनैलाई पंगु बनाइरहेका छन् यस्तो अवस्थामा बालकोट, कोटेश्वर, खुमलटार र भैसेपार्टीका चार ब्रम्हा जीको मिलन सम्भव होला ?

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
धनगढीबाट उडेको श्री ...

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरह ...

कथा वाचक शितल कृष्ण ...

काठमाडौं । भागवत कथा बाचक आचार्य श्री शीतलकृष्णजी महाराजले आफूमाथि अन्याय गरेको भन्दै श्रीमती सुकृति ...

भूमि वितरण र राजस्व ...

काठमाडौं । सरकार सस्तो लोकप्रियताकै लागि जग्गा बाँड्ने नै योजना ल्याउँछ र सार्वजनिक तथा सरकारी जमिनम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved