भारतको १५ औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू विजयी

  • श्रावण ६, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ ।

सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी हुनुभएको हो ।

वियजी मुर्मूले २ हजार ८ सय २४ र सिंहले १ हजार ८ सय ७७ मत पाउनुभयो । मुर्मुलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए ।

विपक्षीका तर्फबाट उम्मेदवार बनेका यशवन्त सिन्हालाई ३४ दलको समर्थन थियो ।

जुलाई २४ मा राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल सम्पन्न भएपछि विजयी मुर्मूले जुलाई २५ तारिखमा राष्ट्रपतिको पदभार सम्हाल्नुहुनेछ ।

उहाँ भारतको पहिलो आदिवासी महिला राष्ट्रपति समेत बन्नुभएको छ । मुर्मूको जन्म सन् १९५८ को जुन २० मा ओडिशाको मयुरभञ्ज जिल्लाको उपरबेडा गाउँमा भएको थियो । उहाँ झारखण्डको अल्पसख्यक सन्थाल जनजातिबाट प्रतिनिधित्व गर्नुहुन्छ ।

उहाँले २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको नवौँ राज्यप्रमुखको रूपमा काम गर्नुभएको थियो । पारिवारिक जीवनमा निकै सङ्कट भोग्नुभएकी मुर्मूले ४ वर्षको अवधिमा श्रीमान् र २ जना छोरा गुमाउनुभएको थियो ।

यसैबीच राष्ट्रपतिमा निर्वार्चित मुर्मूलाई नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनुभएको छ । देउवाले नेपाली जनता तथा नेपाल सरकारका तर्फबाट राष्ट्रपति मुर्मुलाई बधाई दिनुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आज तराईका केही स्थान ...

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको ...

आज बैशाख शुक्ल पक्षक ...

काठमाडौं । आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार सन् २०२४ मे ९ तारिख। वैशाख शुल्क पक्षको प्रतिपद ...

हैदरावादका ओपनर टेभ ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर ज ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved