आज बैशाख शुक्ल पक्षको बिहिवार, विष्णु भगवानको पूजा गर्नुस

  • बैशाख २७, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार सन् २०२४ मे ९ तारिख।

वैशाख शुल्क पक्षको प्रतिपदा तिथि। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ।

साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?

बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ।

यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ। यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ।

व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved