अमेरिकाको पूर्वी राज्य केन्टकीमा बाढीमा परि बालबालिकासहित ३७ जनाको ज्यान गयो, १ सयभन्दा धेरै बेपत्ता

  • श्रावण १७, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । अमेरिकाको पूर्वी राज्य केन्टकीमा भीषण वर्षापछि आएको बाढीका कारण ३७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कम्तीमा पनि ६ जना बालबालिका रहेका बीबीसीले जनाएको छ ।

बाढीमा परेर १ सयभन्दा धेरै बेपत्ता भएका र उनीहरुको खोजी भइरहेको खबरमा उल्लेख छ । कयौँ घर तथा भवनहरु डुबानमा परेका छन् । त्यहाँका १२ हजारभन्दा बढी घरमा बिजुली बत्तीको आपूर्ति ठप्प भएको छ। सडक, पुल र अन्य पूर्वाधारमा भएका क्षतिको मर्मत गर्ने काम भइरहेको छ ।

केन्टकीका गभर्नर एन्डी बेसियरले बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताउनु भएको छ । उहाँका अनुसार पानी परिरहेकाले बाढीमा फसेकाहरुको उद्धार गर्न र उनीहरुलाई अत्यावश्यक वस्तु उपलब्ध गराउन कठिनाइ भएको छ । बाढी प्रभावित क्षेत्रमा थप वर्षा हुने भन्दै सतर्कता अपनाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आज तराईका केही स्थान ...

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको ...

आज बैशाख शुक्ल पक्षक ...

काठमाडौं । आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार सन् २०२४ मे ९ तारिख। वैशाख शुल्क पक्षको प्रतिपद ...

हैदरावादका ओपनर टेभ ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर ज ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved