कति पुग्यो सरकारी शिक्षकको तलब ?

  • श्रावण ३१, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । आर्थिक वर्ष २०७९/८० देखि सरकारी शिक्षकहरुले खाईपाई आएको मासिक तलबमा ग्रेडबाहेक ३ हजार ६०१ रुपैयाँदेखि ७ हजार ४०७ रुपैयाँसम्म बढेको छ ।

सरकारले बजेट वक्तव्यमा शिक्षक, कर्मचारी, सुरक्षाकर्मी लगायतको तलब १५ प्रतिशतले बढाउने घोषणा गरेको थियो । सो घोषणा बमोजिम समायोजन गरिएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागु भएको छ । चालु आर्थिक वर्षदेखि सरकारी विद्यालयका प्रथम श्रेणीका मावि शिक्षकको मासिक तलबमा ७ हजार ४०७ रुपैयाँ थपिएको छ । यस्तै प्राविको सबैभन्दा तल्लो तहका शिक्षकले ३ हजार ६०१ रुपैयाँ अतिरिक्त तलब पाउने छन् ।

माविको प्रथम श्रेणीका शिक्षकको सुरुको तलब स्केल अघिल्लो पटक ४९ हजार ३८० रुपैयाँ थियो । यी शिक्षकले आर्थिक वर्ष २०७९/८० देखि ग्रेड बाहेक ५६ हजार ७८६ रुपैयाँ पाउने छन् ।

माविकै द्वितीय श्रेणीका शिक्षकले यही साउन महिनादेखि ४८ हजार ७३७ र माविको तृतीय श्रेणीका शिक्षकहरुले ४३ हजार ६८९ रुपैयाँ तलब पाउने छन् ।

यसैगरी निमावि तहको प्रथम श्रेणीका शिक्षकको सुरुको तलब स्केल ४५ हजार ८६२ रुपैयाँ, द्वितीय श्रेणीको ४३ हजार ६८९ र तृतीय श्रेणीको ३४ हजार ७३० रुपैयाँ तलब स्केल कायम भएको छ ।

यसैगरी प्रावितर्फ एसएलसी उत्तीर्ण प्रथम श्रेणीका शिक्षकको सुरुको तलब स्केल ४३ हजार ६८९ रुपैयाँ कायम भएको छ । द्वितीय श्रेणीका शिक्षकको तलब ३४ हजार ७३० र तृतीय श्रेणीको तलब ३२ हजार ९०२ रुपैयाँ पुगेको छ ।

हेर्नुस् सरकारी शिक्षको तलब

Capture 1

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved