नेदरल्याण्ड्सलाई हराउँदै पाकिस्तान विजयी

  • भदौ १, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीयमा पाहुना टोली पाकिस्तान विजयी भएको छ ।

नेदरल्याण्डको रोटरड्याममा मंगलबार भएको खेलमा पाहुना टोली १६ रनले विजयी भएको हो ।पाहुना टोलीले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको घरेलु टोली ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रन मात्र बनाउन सक्यो। उसका लागि बिक्रमजित सिंह,स्कट एडवार्ड र टम कुपरले अर्धशतकीय ईनिङ खेले ।

बिक्रमजित र कुपरले समान ६५र६५ तथा कप्तान स्कट एडवार्डले अविजित ७१ रन बनाए । लोगन भान बिकले २८ रन बनाए। बास डि लिडीले १६ तथा टिजा मानुरुले १५ रन बनाए ।

पाहुना टोलीका हरिस रउफ तथा नसिम शाहले समान ३र३ र मोहम्मद नवाज तथा मोहम्मद वासिमले समान १र१ विकेट लिए ।


त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १४ रन बनाएको थियो । उसका लागि फकर जमानले १ सय ९ रनको शतकीय ईनिङ खेले ।

कप्तान बाबर अजामले ७४ रनको अर्धशतकीय ईनिङ खेले । सादाव खानले अविजित ४८ तथा आगा सलमानले अविजित २७ रन बनाए । खुल्सदिल शाहले २१ तथा मोहम्मद रिजवानले १४ रन बनाए ।

घरेलु टोलीका लोगान भान विक तथा बास डि लिडीले समान २र२ विकेट लिए । भिभिएन किंग्माले १ विकेट लिए ।


यस जितसँगै पाहुना टोलीले तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा १(० को अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved