अफगानिस्तानको काबुलस्थितमा शक्तिशाली विस्फोट,२१ जनाको मृत्यु

  • भदौ २, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा शक्तिशाली विस्फोट भएको छ।

स्थानीय अधिकारीका अनुसार साँझको प्रार्थनाको समयमा भएको विस्फोटमा २१ जनाको मृत्यु भएको छ। भने ६० भन्दा बढी घाइते भएका छन्।

काबुल सुरक्षा विभागका प्रवक्ता खालिद जद्रानले विस्फोटको पुष्टि गर्दै काबुलको पीडी १७ मा रहेको मस्जिदमा बम विस्फोट भएको बताए।

विस्फोटमा मस्जिदका इमाम मौलावी अमिर मोहम्मद काबुलीको पनि मृत्यु भएको छ। बम विष्फोटमा घाइते हुनेमा बालबालिका समेत रहेका छन्। बम विस्फोटको जिम्मेवारी कुनै पनि संगठनले लिएको छैन।

विस्फोटस्थलमा गुप्तचर टोली खटिएको र अनुसन्धान जारी रहेको समाचार एजेन्सीले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved