नेदरल्यान्डसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा पाकिस्तानको जित

  • भदौ ३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । घरेलु टोली नेदरल्यान्डसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला पाकिस्तानले एक खेल अगाडि नै जितेको छ । गएराति भएको दोस्रो एकदिवसीयमा नेदरल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले शृङ्खला २–० ले जितेको हो ।

घरेलु टोलीले दिएको १ सय ८७ रनको लक्ष्य पाकिस्तानले ३३ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका मोहम्मद रिजवान, बाबर अजाम र आगा सलमानले अर्धशतकीय पारी खेले । रिजवानले अविजित ६९ रन बनाए ।

त्यस्तै कप्तान बाबरले ५७ र सलमानले अविजित ५० रन बनाए । नेदरल्यान्डका भिभिएन किङ्ग्माले २ तथा आर्यान दत्तले १ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको नेदरल्यान्डले ४४ ओभर १ बलमा अलआउट हुँदै १ सय ८६ रन बनाएको थियो । उसका बास डी लिड र टम कुपरले अर्धशतकीय पारी खेले । लिडले ८९ तथा कुपरले ६६ रन बनाए ।

पाकिस्तानका हरिस रउफ तथा मोहम्मद नवाजले समान ३र३ विकेट लिए । नसिम साहले २ तथा सादव खान र मोहम्मद वासिमले समान १र१ विकेट लिए । पहिलो खेलमा पाकिस्तान १६ रनले विजयी भएको थियो । दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आइतवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved