अफ्रिकी महाद्वीपको मध्य र पूर्वमा खडेरी : तातो र सुक्खा मौसमका कारण आप्रवासी चराहरू खतरामा

  • भदौ ५, २०७९
  • कालापानी मिडिया
alt

काडमाडौं । अफ्रिकी महाद्वीपको मध्य र पूर्वमा खडेरीका कारण जनजीवनसँगै आप्रवासी चराहरू समेत खतरामा परेका छन् । चरम गरिबी, जैविक विविधताको ह्रास, मौसमी चक्र तथा नयाँ प्रविधिमा पहुँचले महाद्वीपलाई जङ्गली प्रजातिहरूको बासस्थान संरक्षण गर्न थप कठिन बनाएको छ ।

जलवायु परिवर्तन र लामो खडेरीका कारण अफ्रिकी केही देशमा देखिएको तातो र सुक्खा अवस्थाले घुमन्ते प्रजातिलाई कठिन बनाएको विज्ञलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ । पछिल्ला वर्ष चराहरुले पानी र प्रजननका लागि आवश्यक आधारहरू गुमाइरहेका छन् ।

चराहरु बसाइँसराइको ढाँचालाई नै पूर्ण रूपमा परिवर्तन गर्न बाध्य भएका विज्ञले बताएका छन् । अफ्रिकाका दुई हजारभन्दा धेरै चरा प्रजातिहरूमध्ये सयभन्दा बढी प्रजातिहरू खतरामा रहेका र माडागास्कर माछा चील, ताइटा फाल्कन र हुड गिद्धहरूजस्ता दर्जनौँ प्रवासी चराहरूका २८ प्रजातिहरूलाई ‘गम्भीर सङ्कट’ उत्पन्न गरेको देखिएको वातावरणीय समूह बर्डलाइफ इन्टरनेशनलको विश्लेषणले देखाएको छ ।

बर्डलाइफका नीति संयोजक केन मवाथेका अनुसार जलवायु परिवर्तन र चर्को गर्मीले जोखिम बढाएको छ । जलवायु परिवर्तनका कारण जल तथा जमिनमा पाइने अन्य प्रजातिजस्तै चराहरू पनि प्रभावित भइरहेका उहाँको भनाइ छ ।

संयुक्त राष्ट्र सङ्घको वातावरण मामिला निकाय र संरक्षण समूह वेटल्यान्ड्स इन्टरनेशनलले गरेको एक अध्ययनअनुसार अफ्रिकी स्थलमध्ये ८७ प्रतिशत जलवायु परिवर्तनको जोखिममा छन्, जुन युरोप वा एसियाको तुलनामा धेरै हो ।

मौसमविद् इभान्स मुकोल्वेका अनुसार प्रकृतिमाथि मानवीय हस्तक्षेपका कारण जलवायु परिवर्तन र कम वर्षा हुँदा तापक्रममा आउने वृद्धिले चराहरूले आप्रवासी यात्राको क्रममा निर्भर हुने प्रमुख सिमसार क्षेत्र र पानीका स्रोतहरूलाई खुम्च्याउँदै लगेको छ ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved