सुदूरपश्चिममा भाइरल ज्वरोको प्रकोप, यस्तो छ बच्ने उपाय

  • भदौ ६, २०७९
  • कालापानी मिडिया
alt

धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमणको त्रास कायमै रहेका बेला भाइरल ज्वरोका बिरामीसमेत बढेका छन्। मौसम परिवर्तन भएसँगै प्रदेशमा भाइरल ज्वरोका विरामी बढेका हुन्। सरसफाइ तथा स्वास्थ्य मापदण्ड नअपनाउँदा भाइरल ज्वरोका विरामी बढेको चिकित्सकले बताएका छन्।

विशेषगरी कैलाली कञ्चनपुरमा यसका विरामी बढी छन्। मौसममा भइरहने फेर बदलका कारण मानव स्वास्थ्यमा समस्या देखिने गरेको छ। अहिले स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित पेट दुख्ने बिरामीको चाप बढेको सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निराजनदत्त शर्मा पौड्यालले बताए। ‘अहिले विभिन्न प्रकारको भाइरल ज्वरो बढेको देखिएको छ। मौसम परिवर्तन हुने समयमा यस्तो समस्या देखिने गरेको छ’ उनले भने।

कैलाली कञ्चनपुर लगायतका अन्य जिल्लामा रहेका स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ। विशेषगरी सेती प्रादेशक अस्पताल, महाकाली अस्पताल, टीकापुर अस्पताल, डडेल्धुरा अस्पताल लगायत अन्य जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थामा विरामी बढेका हुन्।

भाइरल ज्वरोमा रुघाखोकी लाग्ने, शरिर दुख्नेसँगै खान मन नलाग्ने समस्या बिरामीमा देखिने गरेको छ। स्वास्थ्य मापदण्डमा ध्यान नदिएकै कारण यस्तो समस्या देखिने गरेको चिकित्सकले बताएका छन्। मौसम परिवर्तनसँगै पानीमा भिज्नेहरु पनि यसको सिकार हुन थालको महाकाली प्रादेशिक अस्पतालका मेसु डाक्टर अर्जुन भट्टले बताए। उनी भन्छन्, ‘महाकाली अस्पतालमा पनि यसका विरामी धेरै आउने गरेका छन्। यसबाट जोगिनका लागि स्वास्थ्य मापदण्डमा ध्यान दिन आवश्यक छ।’

यो समयमा भाइरल ज्वरोका बिरामी सधै बढ्ने गरेका छन्। कोरोना भाइरसको सन्त्रासका कारण मानिसहरुले सरसफाई र स्वास्थ्यमा ध्यान दिएको भएपनि अहिले भने लापरबाही बढेको छ। त्यसकै कारण भाइरल ज्वरोका विरामी बढेको चिकित्सक बताउँछन्।

भाइरल ज्वरोको संक्रमण बढेकाले सरसफाईमा ध्यान दिनुका साथै अनिवार्य मास्क लगाउन आग्रह गरिएको छ। विशेषगरी खानपीन तथा सरसफाइमा ध्यान दिन आवश्यक रहेको सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर पौड्यालले बताए। ‘यसबाट बच्नका लागि जथाभावी नछुने। बाहिरबाट आएपछि हात मुख राम्रो सँग सफा पानीले धुनु पर्छ,’ डाक्टर पौड्यालले भने, ‘बाहिरको खानेकुरा नखाने। खानपीन र सरसफाइमा ध्यान दिए यसबाट जोगिन सकिन्छ।’

यो खबर दिनेश भट्टले दिनेश खबरकालागि लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved