केन्याविरुद्ध नेपाल ५ विकेटले विजयी

  • भदौ ९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । केन्याविरुद्धको पहिलो अन्तर्राष्ट्रिय टी ट्वेन्टी क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ। केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३३‚ ज्ञानेन्द्र मल्लले २३‚ आसिफ शेखले १९, रोहित पौडेलले १३ रन बनाउँदा आरिफ शेख २४ रनमा नटआउट रहे।

यसअघि जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो ।

उसका लागि इरफान कार्मीले ३४ रन बनाए भने लुकास ओलुच ३१ रनमा अविजित रहे। नेपालका सोमपाल कामीले ३, सन्दीप लामिछाने २, अदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिएका थिए। जितसँगै ५ खेलको श्रृंखलामा नेपालले १–० को अग्रता बनाएको छ।

नेपाल पाँच खेलको टी–ट्वान्टी सिरिजका लागि सोमबार केन्या प्रस्थान गरेको हो ।

यो प्रतियोगिता नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको पहिलो खेल समेत हो। पाँच खेलको सिरिज भदौ १४ गतेसम्म चल्ने छ । टी–ट्वेन्टी सिरिजपछि नेपालले भदौ १७ गतेदेखि २० गतेसम्म एकदिवसीय सिरिज खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved