मेयर बालेनले अधिकारको दुरुपयोग गरे– काठमाडौं उद्योग वाणिज्य सङ्घ

  • भदौ ९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । उद्योग वाणिज्य सङ्घले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ । काठमाडौं महानगरले अवैध संरचना हटाउने नाममा साना व्यापारीको रोजीरोटी खोसेको भन्दै सङ्घले महानगरको अभियानप्रति आपत्ति जनाएको हो ।

सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीले घरभाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर, कर तिरेर करौडौँ रुपैयाँ लगानी गरेका व्यावसायीमाथिको धरपकड तत्काल बन्द गर्न मेयर साहलाई आग्रह गरे । उहानले बिहीवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महानगरको मेयरलाई अधिकार छ भन्दैमा प्रहरी, डोजर अगाडि पछाडि लगाएर अधिकारको दुरुपयोग गर्न नहुने बताए।

उनले भने, ‘मेयरले डोजर, प्रहरी अगाडि पछाडि राखेर अधिकार छ भन्दैमा त्यसरी अधिकारलाई दुरुपयोग नगर्न अनुरोध हो । शक्ति यस्तो चिज हो बन्दुक भएपछि चलाउँ चलाउँ लाग्दो रहेछ । काम गरेर खानेहरूलाई चलाउन नहुने हाम्रो भनाइ हो । बहाल कर लिन महानगरले पार्किङ हो वा व्यवसाय भनेर थाहा भएन । महानगरले व्यवसायीको सम्पत्तिको रक्षा गर्ने हो । व्यवसायीले लगानी गरेको सम्पत्ति पोको बनाएर जाऔँ भन्ने हो रु अनधिकृत रूपमा बनाएको संरचना भत्काउने महानगरलाई अधिकार छ । त्यसमा हामी साथ नदिएको होइन । महानगरले व्यापार, व्यवसाय गरेर गरिखानेहरूको पीडा बुझ्नुपर्छ भनेको हो । नियम विपरीत भएपनि हटाउनका लागि समय दिनुपर्छ । अन्डरग्राउन्ड पार्किङमा व्यवसाय गरेको भन्दै व्यवसायीलाई महानगरले जुन व्यवहार गरेको छ, त्यो गलत हो ।’

अध्यक्ष श्रेष्ठले घरधनी र महानगरबीचको विवादको बीचमा व्यापारीलाई पारेर उनीहरूलाई मेयरले पसलमा नै गएर धम्क्याएको दाबी गर्दै त्यो काम गलत भएको बताए । उनले आफ्नो कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार हुने भन्दै महानगरले व्यवसायीको सम्पत्तिको रक्षा गर्नुको सट्टा तत्काल व्यवसाय बन्द गर्न लगाउनु न्यायसङ्गत नभएको टिप्पणी गरे। अध्यक्ष श्रेष्ठले मेयरको अभियानले दशैँको मुखमा व्यवसायीमाथि अन्याय भएको भन्दै काठमाडौं उद्योग वाणिज्य सङ्घ व्यवसायीको हकहितको रक्षाका लागि अगाडि बढ्ने बताए। उनले महानगरको अवैध संरचना भत्काउने अधिकारको विरोध नभएर मेयर साहले व्यवसायीप्रति गरेको व्यवहारको विरोध गरेको बताए।

अध्यक्ष श्रेष्ठले महानगरले क्षति पुर्‍याएका व्यवसायीलाई तत्काल क्षतिपूर्ति दिन माग गरे । उनले पार्किङका लागि नक्सा पास भए पनि व्यवसायीसँग कर उठाउने र कर उठाएको पैसा बैंकमा राखेर महानगरले ब्याज खाएको आरोप लगाए । उनले काठमाडौं महानगरपालिकाले व्यवसायीबाट कर उठाएको १० अर्ब रुपैयाँको ब्याज खाने काम मात्रै गरेको भन्दै मेयर साहलाई जनताको मेयर भए जनतालाई नै पैसा फिर्ता गर्न चुनौती दिए ।

अध्यक्ष श्रेष्ठले महानगरले पार्किङ प्रयोजनका लागि भनेर व्यवसायको कर लिने अनि बिहानै महानगरको मेयरलाई केही सनक चढ्यो भन्दैमा पसल बन्द गर्न जानु राम्रो नभएको बताए। अध्यक्ष श्रेष्ठले ३५ दिने सूचना दिए ३५ दिन कटेर ३६ दिन भयो उठेर जाऔँ भन्न प्रजातन्त्रिक देशमा सान्दर्भिक हुन्छ ? भन्दै प्रश्न गरे । नेपालको कानुनमा अन्डरग्राउन्डमा पसल राख्न पाइँदैन भनेर महानगरले निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved