नेपालबाट ४० देखि ५० मेगावाटसम्म बिजुली लैजान बङ्गलादेश सहमत

  • भदौ १०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । बङ्गलादेशले नेपालबाट ४० देखि ५० मेगावाटसम्म बिजुली लैजाने भएको छ । काठमाडौंमा हिजो सकिएको दुई देशका उर्जा सचिवस्तरीय जोइन्ट स्टेयरिङ कमिटी जेएससीको चौथो बैठकले सहमति गरेको हो । तर, नेपालको बिजुली बङ्गलादेश लैजानका लागि भारतीय संरचना र पूर्वाधार प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्नु पर्ने हुन्छ ।

बैठकले त्रिपक्षीय छलफल गर्ने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले जानकारी दिए । उहाँका अनुसार प्राधिकरण र बङ्गलादेशको बोर्डले एनभीभीएनलाई अनुरोध गर्ने सहमति भएको छ ।

एनभीभीएन भारतको ऊर्जा व्यापारको ‘नोडल एजेन्सी’ हो । अहिले भारतबाट बिजुली लगिरहेको संरचनाले धान्ने बराबरको बिजुली लैजान तयार भएको बङ्गलादेशले जनाएको छ । विद्यमान संरचनाले झन्डै ४० देखि ५० मेगावाटसम्म बिजुली लैजान सकिने देखिएको छ ।

यस्तै, बङ्गलादेशले कुल ६ सय ८३ मेगावाट क्षमताको सुनकोसी तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि संयुक्त लगानी गर्नेबारे प्रारम्भिक रुपमा सहमति जनाएको छ । यो आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन यथाशीघ्र बङ्गलादेशलाई उपलब्ध गराइने छ ।

यस आयोजनाको सम्पूर्ण अध्ययन प्रतिवेदन नेपालले बङ्गलादेशलाई उपलब्ध गराउने र बङ्गलादेशले पनि आफ्नो धारणा दिने सहमति भएको सहसचिव भेटुवालले जानकारी दिए। सोलार होम सिस्टमलगायतका नवीकरणीय ऊर्जाको क्षेत्रमा सहकार्यका लागि नेपालको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र बङ्गलादेशको त्यही खालको संस्थाबीच सहकार्यका लागि एक महिनाभित्र मस्यौदा उपलब्ध गराइने भएको छ । क्षमता अभिवृद्धि, तालिम आदानप्रदानका बारेमा सम्बन्धित निकायकाबीचमा भावी कार्यदिशा तयार गर्न संयुक्त प्राविधिक टोलीलाई जिम्मा दिइएको छ ।

यस्तै, भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) सँग माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कुल ५ सय मेगावाट बराबरको विद्युत् खरिद सम्झौता आउँदो सेप्टेम्बरसम्म हुनेछ । बङ्गलादेशले यसअघि नै नेपालबाट सन् २०४० सम्म नौ हजार मेगावाट बिजुली लैजाने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved