भारतीय प्रधानमन्त्री मोदी विश्वका लोकप्रिया नेताहरूको सूचीको शीर्ष स्थानमा

विश्व नेताहरुको छनौटमा परेका २२ जनामा मोदीलाई ७५ प्रतिशत मत

  • भदौ १२, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः विश्वको सबै भन्दा लोकप्रिय नेताहरूको सूचीको शीर्ष स्थानमा पर्न सफल भएका छन् ।
मर्निङ कन्सल्टेन्सी सर्भेले सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री नरेन्द्र मोदी ७५ प्रतिशतको अनुमोदन दरसहित शीर्ष स्थानमा पर्न सफल भएका हुन् । मोदीपछि मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर र इटालीका प्रधानमन्त्री मारियो ड्राघी दोस्रो र तेस्रो स्थानमा परेका छन् ।

२२ विश्व नेताहरूलाई समावेश गरिएको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन ४१ प्रतिशत रेटिङका साथ पाँचौं स्थानमा परेका छन् । सर्वेक्षणअनुसार क्यानडाका राष्ट्रपति जस्टिन ट्रुडो ३९ प्रतिशत र जापानी प्रधानमन्त्री फुमियो किशिदा ३८ प्रतिशत अनुमोदन दरसहित छैटौं र सातौं स्थानमा छन्।

यसैगरी अष्ट्रेलिया, अस्ट्रिया, ब्राजिल, जर्मनी, मेक्सिको, नेदरल्याण्ड, दक्षिण कोरिया, स्पेन, स्वीडेन र अमेरिका नेटाहरुको अनुमोदन दर पच्छ्याइएको छ । यसअघि भारतीय प्रधानमन्त्री मोदी जनवरी २०२२ र नोभेम्बर २०२१ मा पनि विश्वका सबै भन्दा लोकप्रिय नेताहरूको सूचीको शीर्ष स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved