एसिया कप क्रिकेटमा हङकङलाई हराउँदै भारत सुपर चारमा प्रवेश

  • भदौ १६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । एसिया कप क्रिकेटमा लगातार दोस्रो जित निकालेको भारत सुपर चारमा प्रवेश गरेको छ । दुबईमा गएराति भएको खेलमा हङकङलाई ४० रनले हराउँदै भारत सुपर चारमा पुगेको हो ।

भारतले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ मात्रै बनायो । उसका बाबर हायातले ३१ तथा किन्चित शाहले ३० रन जोडे । भारतका भुवनेश्वर कुमार, आबेश खान, रविन्द्र जडेजा र अर्शदिप सिंहले समान एकरएक विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट १ सय ९२ रन बनाएको थियो । भारतका सुर्यकुमार यादव र विराट कोहलीले अविजित अर्धशतक बनाए । यादवले ६८ तथा कोहलीले ५९ रन जोडे ।

हङकङका आयुस शुक्ला र मोहम्मद घजान्फरले एकरएक विकेट लिए । जितसँगै समूह ‘ए’ को भारतले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो । एसिया कप क्रिकेटमा ६ टोली सहभागी छन् । समूह ‘बी’ मा दुई खेल जितेको अफगानिस्तान सुपर चारमा प्रवेश गरिसकेको छ । आज श्रीलंका र बंगलादेश तथा भोली पाकिस्तान र हङकङबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved