७२ जिल्लामा फैलियो डेंगी, सबैभन्दा धेरै वाग्मती प्रदेशमा

अबको दुई महिना जोखिम झन् धेरै, जथाभाबी औषधि नखान विज्ञको आग्रह

  • भदौ १७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । डेंगीको संक्रमण ७२ जिल्लामा फैलिएको पुष्टि भएको छ । अझै दुई महिना डेंगीको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
गएका वर्षहरुमा पनि असोज र कात्तिक महिनामा डेंगीको संक्रमण धेरै बढेको पाइएको थियो । यसपालि असोज महिना नलाग्दै डेंगीको संक्रमण फैलिरहेको छ । बेलैमा सचेत नभएमा आउँदो दुई महिनामा जोखिम झन् बढ्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तरगतको कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताए । उनका अनुसार अहिलेसम्म ३ हजार २ सय २७ जनामा डेंगी पुष्टि भएको छ । जिल्ला जिल्लाबाट नयाँ तथ्याङ्क आएकाले यो संख्या अझै बढ्ने उनको भनाई छ।

सबैभन्दा धेरै वाग्मती प्रदेशमा डेंगी फैलिएको छ । यो प्रदेशका २ हजार १ सय ८ जनालाई डेंगी भएको छ । यस्तै, लुम्बिनी प्रदेशमा ४ सय ७२, प्रदेश १ मा १ सय ९८, गण्डकी प्रदेशमा ८४, सुदूरपश्चिममा ७७, मधेस प्रदेशमा ५९ र कर्णाली प्रदेशमा २९ जनामा डेंगी देखिएको सरकारी तथ्याङ्क छ । तथ्याङ अनुसार १० जिल्लामा जोखिम धेरै छ । वाग्मती प्रदेशको ललितपुर जिल्लमा सबै धेरै संक्रमण फैलिएको छ । अहिलेसम्म ललितपुरका एक हजार एक सय ८० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौंमा ५ सय ६५, रुपन्देहीमा ३ सय ९२, भक्तपुरमा ८९, तेह्रथुम र धादिङमा ७८,सिन्धुलीमा ६३, संखुवासभा ५७, गुल्मी ५२ र अर्घाखाँचीमा ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

FaLVhIzaUAE4osH

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved