युरोपमा इन्धनको हाहाकार

  • भदौ १८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । युरोपमा इन्धन आपूर्ति बन्द भएको छ । आपूर्ति बन्द भएपछि युरोपमा इन्धनको हाहाकार भएको छ ।

रुसी उर्जा कम्पनी ग्याजप्रोमले मर्मत कार्य जारी रहेकाले युरोपका लागि पाइपलाइनबाट तेल तत्कालै आपूर्ति हुन नसक्ने जनाएको छ । सो कम्पनीले गत बुधबारदेखि मर्मत थालेको थियो ।

कम्पनीले उक्त पाइपलाइनमा भएको खराबी चेकजाँच गरेर मर्मत गर्न थप समय लाग्ने विज्ञप्तिमार्फत जनाएको छ ।सो कम्पनीले जर्मनी र अन्य युरोपेली मुलुकहरुमा आवश्यक तेल  पूर्ति गर्दै आएको छ । कम्पनीले आपूर्ति बन्द गरेसँगी जाडोयाममा इन्धनको पर्याप्त उपलब्धता नहुने बताइएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि पाइपलाइनको नियमित मर्मत सम्भारमा बाधा पुगेको भन्दै मस्कोले पश्चिमा राष्ट्रहरुले लगाएको प्रतिबन्धलाई दोष देखाएको छ ।

युरोपियन युनियनका केही अधिकारीहरुले भने रुसले उर्जालाई हतियारको रुपमा प्रयोग गरेको आरोप लगाउँदै आएका छन् । तर, कम्पनीले भने नियमित मर्मतका लागि आपूर्ति बन्द गरिएको जनाएको छ ।

रुस र युक्रेनको युद्ध चर्किएसँगै इन्धनको मूल्य अत्यधिक वृद्धि हुँदा युरोपेली उद्योग र उपोभोक्ता मारमा परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved