अफगानिस्तानको एक मस्जिदमा आत्मघाती विस्फोट

वरिष्ठ धर्मगुरुसहित कम्तिमा १८ को मृत्यु, २३ घाइते

  • भदौ १८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । पश्चिमी अफगानिस्तानको हेरात सहरमा रहेको मस्जिदमा भएको विस्फोटमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ ।

शुक्रबार अबेर राति भएको विस्फोटमा परेर तालिवान समर्थक उच्च तहका अधिकारीहरुको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । मस्जिद परिसरमा रहेका विभत्स तस्विरहरु सामाजिक सञ्जालमा देखिएसँग विस्फोटमा धेरै हताहती भएको आशंका गरिएको छ ।

हेरात प्रान्तका गभर्नर हेमदुल्लाह मोतावाकलले विस्फोटमा १८ जनाको मृत्यु भएको बताउनुभयो । यस्तै २३ जना गम्भीर घाइते भएको बताइएपनि सो संख्याबारे अझै पुष्टि हुन नसकेको बताइएको छ ।

विस्फोटको जिम्मा हालसम्म कसैले पनि नलिएको त्यहाँको सरकारले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार एक व्यक्तिले आफ्नै हातमा चुम्बन गर्दै आत्मघाती विस्फोट गराएका थिए ।

विस्फोटमा धार्मिक नेता मुजिब रहमान अन्सारी मारिएको तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताए।

विस्फोटमा मारिएका धार्मिक अन्सारीले गत महिना भएको कार्यक्रममा तालिवानीहरुको पक्षमा खुलेर समर्थन गरेको बताइएको छ । सोही समयदेखि अन्सारीको हत्याको योजना बनाइएको हुन सक्ने तालिवानीहरुले आशंका गरेका छन् ।

काबुलको एक मदरसामा धार्मिक गुरु रहिमुल्लाह हक्कानीको आत्मघाती हमलामा मृत्यु भएको एक महिना नबित्दै अन्सारीको हत्या भएको हो ।

एक वर्षअघि सत्ता हातामा लिएसँग तालिवानीहरुले देशको सुरक्षा अवस्था बलियो रहेको दाबी गर्दै आएका छन् । तर, पछिल्ला महिनाहरुमा अफगानिस्तानमा श्रृंखलावद्ध विस्फोटका घटनाहरु बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved