मिस धनकुटा २०१९ को अडिसनबाट ४० युवती छनोट

  • आश्विन २४, २०७६
  • कालापानी मिडिया
alt

धनकुटा/  धनकुटामै पहिलो पटक सौन्दर्य प्रतियोगीताका लागि आयोजना गरिएको मिस धनकुटा २०१९ को अडिसनबाट ४० जना युवती छनोट भएका छन् ।
गत भदौ १४ र १५ गते सम्पन्न अडिसनमा ६० जना युवतीहरुको सहभागिता रहेको थियो । उक्त अडिसनमा युवतीहरुको सुन्दरतासँगै बौद्धिक क्षमता, १६ देखि २४ बर्ष उमेर, एसइइ पास गरेको, पाँच फिट उचाई, ब्रेन र ब्युटीलगायतका आधारमा छनोट गरिएको आयोजक संस्था मोनाली इन्टरटेनमेन्ट एण्ड इभेन्ट प्रा.ली.का अध्यक्ष दीपक बराइलीले जानकारी दिए ।
अध्यक्ष बराइलीका अनुसार छनोट भएका ४० जना युवतीहरुलाई आगामी भदौ १९ गतेदेखि हुने मिस धनकुटाको व्याक्तित्व विकास, क्षमता अभिबृद्धि, भाषणकला बिधि, सौन्दर्य र पहिरन लगायतको तालिममा सहभागि गराईने छ ।

अडिसनमा नायक एसराज गराच, नायिका हर्षिका श्रेष्ठ, गायक तथा आयोजक संस्थाका अध्यक्ष दीपक बराइली र सहआयोजक संस्था लेडि जेसिज (प्र)धनकुटाका अध्यक्ष प्रमिसा श्रेष्ठलगायत निर्णायकमा रहनु भएको थियो भने फाइनलमा महानायक राजेश हमाल, नायक तथा गायक बाबु बोगटी, मिस नेपाल उषा खड्गी, नायिका रिचा शर्मालगायत राष्ट्रियस्तरका कलाकारहरुले निर्णय गर्ने जनाईएको छ ।
सह आयोजक संस्थाका अध्यक्ष श्रेष्ठका अनुसार आगामी असोज ४ गते गायक रामकृष्ण ढकाल, समिर बि.क., गायिका जिना रसाइली, गायक दीपक बराईली र स्थानीय कलाकारहरुको उपस्थितिमा धनकुटा बासीहरुका लागि म्युजीकल नाइट कार्यक्रम सञ्चालन गरिने छ ।
श्रेष्ठका अनुसार आगामी असोज ११ गते ट्यालेन्ट राउण्डका साथै आगामी असोज १८ गते मिस धनकुटा २०१९ छनोट गरी ताज पहिराईने बताइएको छ ।
व्याक्तिमा लुकेर बसेको अन्र्तरनिहित प्रतिभा सौन्दर्यलाई आजको २१ औ शताब्दि अनुरूप समाज देश र अन्तराष्ट्रिय सम्म फैलाउन धनकुटामा मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रा.लि. धनकुटाले मिस धनकुटा २०१९ मार्फत जिल्लामा भएको सौन्दर्यता लाई मध्यनजर गरी मिस धनकुटा छनौट गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved