पौडेलको बिवादास्पद अभिव्यक्तिले दमौली आउने खानेपानीको मुहान बन्द

  • भदौ २६, २०७९
  • कालापानी मिडिया
alt

दमौली । नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको अभिव्यक्तिबाट आक्रोशित तनहुँको म्याग्दे गाउँपालिका वडा नं -१ गुणादीका जनताले सदरमुकाम दमौलीतर्फ जाने पानीको मुहान बन्द गरिदिएका छन् । खानेपानीको मुहान खोलेर बजारमा पानीको सहजताको लागि अनुरोध गर्न गएको दमौलि खानेपानी समितिका अध्यक्ष लगायतका पदाधिकारीलाई स्थानीयले रामचन्द्र पौडेलले माफि नमागेसम्म पानी नखोल्ने भनी फिर्ता पठाइदिएका हुन् ।

शुक्रबार दमौलीमा बिपी जयन्तीको अवसरमा नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले गुणादीको पानी खाएर दमौलीवासी रोगी भइसकेको अभिव्यक्ति दिएका थिए । उनले अहिले मादीको पानी लिफ्ट गरेर दमौलीवासीलाई वितरण गर्न थालेसँगै स्वस्थ खानेपानीको व्यवस्था मिलेको दाबी गर्दै दमौलि वासिलाइ निरोगि राख्न सफल भएको जिकिर गरेका थिए ।

यसैको विरोधमा गुणादीका स्थानीयहरूले दमौली लाने गरेको पानी मुहानबाटै बन्द गरिदिएका हुन् । स्थानीय युवाहरुले पौडेलले माफी नमागेसम्म पानी नखोल्ने अडान लिएका छन् । दमौलीवासीले विगत ३ दशक देखि गुणादीबाटै लगेको पानी खाँदै गरेको अवगत गराउँदै पौडेलको अभिव्यक्तिले गुणादीवासीको भावनामा चोट पुगेको अभिव्यक्ति दिएका छन् ।

आफ्नो खेत सुख्खा राखि काकाकुल रहेको दमौली बजारलाई पानी खुवाउँदा धन्यवाद पाइएला भन्दा उल्टै लान्छना लाउने काम भएको स्थानीय युवाहको भनाइ छ । गुणादी र यस वरपर नै खानेपानीको असुविधा छ तर हुँदाहुँदै पनि पानी दमौली लाने कार्यलाई निरन्तरता दिएका थियौं तर देशकै बरिष्ठ नेता भनाउँदाले गुणादी वसिकै अपमान हुने गरि अभिव्यक्ति दिएकाले बाध्य भएर खानेपानी मुहान बन्द गर्नु परेको स्थानीय युवाको भनाई छ । खानेपानी बन्द गरिँदा दमौली बासिलाइ पर्न जाने असुविधाप्रति क्षमा माग्दै पौडेलले यथासिघ्र गुणादी आएर माफि माग्नुपर्ने उनिहरुको भनाइ छ।

दमौली खानेपानी आयोजना आफुले निर्माण गरेको भनी जस लिन खोज्दा पौडेललाइ थप अफ्ट्यारो आइलागेको छ । गुणादीवसीले यती लामो समय गुणादीका खेत सुख्खा राखेर भएपनि दमौलीलाई तिर्खा मेट्टाएको मुलका बारेमा पौडेलले गरेको निम्सारो टिप्पणीले उल्टो रूप लियो । तर पौडेलले भनेको जस्तो दमौलीका जनता मादी नदीको पानी खाएपछि पुरै निरोगी भएको तथ्य गलत रहेको हो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले पनि दमौलीमा अहिले पनि पानीका कारण लाग्ने रोगका बिरामीहरु अधिक रहेको भन्छ ।

दमौली खानेपानी तथा सरसफाइ संस्थाका करिब ३७ सय उपभोक्तालाई बितरण भइरहेको खानेपानी भाद्र २५ गते दिउँसो देखि गुणादी मुल बन्द गरिँदा दमौलीका अधिकाँस ठाउँमा अहिले पानीको हाहाकार भएको छ । नेताको अभिब्यक्तिका कारण जनताले खानेपानी खान नपाएको भन्दै ब्यास दुई सिद्धिविनायक टोलका बासिन्दा आक्रोसित भएका छन् ।

दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिले तत्कालै समस्याको समाधान गरि खानेपानी सहज बनाउनेतर्फ लाग्न खानेपानी उपभोक्ता छबिलाल थापाले बताए । यसै बिषय लाई लिएर नेपाली काङ्ग्रेस तनहुँले १ बिज्ञप्ति निकालेको छ । काङ्ग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनाल द्वारा हस्ताक्षरित बिज्ञप्तिमा पार्टीको कार्यक्रममा पौडेलले बोलेको कुरालाई बङ्ग्याइएको उल्लेख छ ।

यस्तै नेता पौडेलका पिए चिरञ्जीवी अधिकारीले पनि पौडेलको आशय त्यस्तो नभएको र त्यसवाट गुणादी बासिमा पर्न गएको चोटप्रति दुख ब्यक्त गर्दछु भनिएको छ । आफ्नो संस्था दमौली खानेपानीले बितरण गरेको पानी स्वच्छ र सफा भएको र त्यसमा कुनै संका नगर्न र भ्रममा नपर्न भन्दै दमौली खानेपानी सँस्थाले पनि आफ्नो ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति निकालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved