राधिका जोशी
नेपालका राजनीति दलहरु जसरी च्याउ उम्रेजस्तै उम्रने क्रम बढ्दै छ, यसले देशको विकास त होइन अशान्ति निम्ताउने खतरा बढेको छ । किन भने यहाँ समाज मात्रै होइन हरेक घरमा हरेक पार्टीका कार्यकर्ता छन् । राजनीतिक दलहरुले देश बनाउने कार्य होइन कार्यकर्ता जन्माउने कार्यमा भने तिब्रता दिएका छन् । जसका कारण घरकै दाजु भाई, बाउ छोरा र दिदि बहिनीमा फरक राजनीतिक धारका कारण मनमुटाव, कलह र द्वैश पैदा भइरहेको उदाहरण प्रसस्तै देख्न सखिन्छ । यति मात्रै होइन, हुदा खाँदाको सबै संप्रदाय मिलेर बसेको देशमा धर्मनिरपेक्षता लादेर धार्मीक द्धन्द समेत पैदा गरेका छन् ।
नेपाल सानो मुलुक हो । दुइ ठूला छिमेकि राष्ट्रका विच अवस्थित यो देशमा टोलै पिच्छै दल होइन इमान र जमानमा टिक्ने नेताको खाँचो छ । यहाँ जनताका टाउका गनेर राजनीति गर्ने नेतृत्व होइन देशको विकासमा जोड दिने नेतृत्वको खाँचो छ । यहाँ घर, परिवार छिमेकी र समुदायमा मनमुटाव पैदा गर्ने नेता होइन, मेलमिलापको निति सिकाउने पारदर्शी नेताको अभाव महसुस भएको छ। गाउँ गाउँका बेरोजगार युवालाई सिप सिकाएर दक्ष जनशक्ति उत्पादन गर्दै स्थानीय स्तरमै साना ठूला उद्योग स्थापना गर्ने र बेरोजगारी हटाउने नेताको खाँचो छ । समग्रमा भन्नु भन्दा जनताको मर्म बुझ्ने नेतृत्वको खाँचो छ ।
हिजो राजाका पालामा यिनै जनताले दिएका करबाट देशमा उद्योग खुलेका थिए । ति उद्योगहरुमा स्थानीय जनताले रोजगारी पाएका थिए । तर, अहिले जनताबाट उठेको कर राजनीति भरण-पोषणमा समाप्त पारिन्छ । कार्यकर्ता पाल्नमै समाप्त हुन्छ । जुन रकम देशको विकासमा खर्चिनु पर्ने हो त्यो रकम पार्टी जन्माउने र हुर्काउने काममै सकिन्छ, अनि देशको विकास कसरी सम्भव हुन्छ ?
हो जनताले परिवर्तन चाहेका थिए । परिवर्तन भयो पनि । तर देशमा समाप्त पारेका उद्योग कलकारखानाहरु निर्माण भएनन् । देशमा सत्ता साझेदारी छ तर उद्योग कलकारखाना छैनन् । उद्योगहरु हुन्थे भने युवा बेरोजगार रहने थिएनन्, हजारौँ युवा विदेश पलायन हुनु पर्ने थिएन । जस्तोसुकै परिवर्तन किन नहोस त्यसका पछाडि नागरिकको हक हित जोडिएको हुन्छ । तर, आज १७ हजार नागरिकको वलिदानबाट प्राप्त गणतन्त्रले जनताको मर्म होइन नेता र कार्यक्रर्ताको पक्ष पोषण मात्रै गरेको देखियो ।
यतिवेला नेपाली जनता राजनीतिक दलका खेतला बन्दै गएका छन् । यहाँ विकासको कुरा निकाल्दा कतै पार्टीले कार्वाही गर्ने पो होकी भन्ने डरले जनताले विकासको आवाज निकाल्न नसक्ने अवस्था श्रृजना भएको छ । आफ्नै घर अगाडी हिलाम्य र धुलाम्य सडक छ । खोलामा पुल नबनेको वर्षौ भइसक्यो, निर्माण कार्य कछुवा गतिमा भइरहेको छ । घर अगाडीको करोडौ पर्ने सार्वजनीक जग्गा कव्जा गरिएको छ, तर, आवाज उठाउनु त कता हो कता, राजनीतिक साँटगाँठका कारण देखेको नदेखेइ हिड्नु पर्ने अवस्थामा जनता छन् । यस्तो पाराले देशमा परिवर्तन कदापी सम्भव छैन । बरु विकृति, विसंगति, भ्रष्टाचार र विनासले प्रसय पाइरहेको छ ।
त्यसैले पनि होला यतिवेला फेरी हामीले राजा आउ देश बचाउ भन्ने आवाज सुन्न पाएका छौ । राजाको पालामा भएका संरचना समेत ध्वस्त पारेर विकासको नाममा विनास गर्ने परिपाटी बढ्दै जाँदा र देशको अस्तित्व नै संकटमा पर्न थालेकै कारण नागरिकमा राजाको महत्व महसुस हुन थालेको हो । भन्नुको तात्पर्य उद्योग कलकारखाना बेरोजगारको अन्त जस्ता विषयमा राजाकै पालामा बढी चासो दिएको पाइन्थ्यो । नेपाली कामदारको अभावमा बंगाली नागरिकलाई काममा लगाएको पाइन्थ्यो । तर अहिले नेपाली दाजुभाइ नै कामको खोजीमा भड्किरहेको अवस्था छर्लंग छ ।
राजाका पालामा देशलाई अहित हुने अनुदानमा हस्ताक्षर गर्न रुकावट थियो तर अहिले यिनिहरुका मनपरी छ । देशका नदिनाला सबै वेचेर देश लिलाम गर्ने दाउमा पुगेका यि नेताहरुबाट यदि देश जोगाउने हो भने उपाय अब एउटै छ, सम्पूर्ण सनातन धर्मावलम्विहरु र राजसंस्थाप्रति आस्था राख्नेहरु एक भएर सडक तताउनुको विकल्प छैन ।
एकपल्ट हटाइसकेको राजसंस्था किन पुनर्बहाली गर्नुप¥यो ? यो प्रश्न अवस्य आउँछ तर, नेपालको अस्तित्व नै खतरामा पर्न थालेपछि राजसंस्थालाई पुर्नजन्म दिनुको बिकल्प छैन ।
हुन पनि नेपालकी राष्ट्रपति स्वयं राष्ट्रिय एकता खलबलिन लागेको भन्दै चिन्ता व्यक्त गर्न थालेकी छन्। नेपाली सेना यस परिस्थितिप्रति सदैब सतर्क रहेको भन्दै नेपालको स्वतन्त्रता बचाउन चूप नबस्ने चेतावनी दिइरहन्छ। सत्ताधारी नेताहरू नै यस्तै स्थिति रहिरहने हो भने सरकारको त के कुरा, देशै नरहने आशंका व्यक्त गर्छन्। नेपालका जान्नेसुन्ने मानिस पनि नेपालको अस्मिता मात्र होइन, अस्तित्व नै समाप्त हुन लाग्यो भन्दै खबरदारी गरिरहेका छन्। यसैबाट स्पष्ट हुन्छ कि राजसंस्थाको सम्झना र पुनः आह्वान भइरहेको छ।
हुनपनि राजाले सदैव देश र प्रजाको हितमा सोच्ने गरेका हुन्छन् । किनभने, राजाले सामान्य आन्दोलन हुँदा जनताको नासो जनतालाई भन्दै यति सजिलै राजगद्धी त्याग्नु महानताको संकेत हो । तसर्थ, यस्ता महान राजाको छत्र छायामै बसेर देशको अस्मिता जोगाउन अब पार्टी भन्दा माथी उठेर सबैले आन्दोलनको आँधि बेहरी ल्याउँ । अर्थात, राजा ल्याउँ देश जोगाउँ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved