विकासमा बेथिति : दशक बित्यो, पुल अधुरै

  • भदौ २७, २०७९
  • कालापानी मिडिया
alt

कैलाली । कैलालीको कान्द्रा नदीमा निर्माणाधीन पक्की पुलको ठेक्का भएको दशक बिते पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । ठेकेदारको लापरवाहीका कारण तोकिएको समायवधिमा पुल निर्माण हुन नसकेको हो ।

पटक–पटक म्याद थप गर्दासमेत ठेकेदारले लापरवाही गर्दै आएपछि भजनी नगरपालिकावासीले पक्की पुलमा हिड्ने सपना ११ वर्षसम्ममा पनि पूरा हुन सकेको छैन । जसका कारण भजनीका स्थानीयले कान्द्रा नदीको सास्तीबाट छुटकारा पाउन सकेका छैनन् । यसले सयौँको ज्यान लिएको छ ।

हजारौँलाई विस्थापित बनायो । हजारौं बिघा खेतीयोग्य जमिन नष्ट गर्यो। नदीमा २०६८ सालमा पक्की पुल बनेपछि दुःखका दिन बिस्तारै जाने आशामा बसेका नागरिक निरास छन् । दशक बित्दा पनि पुल बन्न सकेको छैन ।

हुलाकी राजमार्गअन्तर्गतको पुल निर्माण सम्पन्न भए भजनी मात्रै होइन राजमार्गबाट यात्रा गर्नेलाई समेत सहज हुने थियो । ‘पुलको शिलान्यास हुँदा भजनीवासीको खुसीको सीमा थिएन । सबैका आँखामा खुसीको आँसु थियो । आज त्यहीँ आँसु दुःख परिणत भएर बसेको छ,’ भजनी–३ का सुदर्शन चौधरीले भने ।
हिउँदमा कम्पनीले निर्माण सामग्री पुलको निर्माणस्थलमा पुर्याउने गरेको जनाउँदै उनले जेठ लागेसँगै सबै सामान बेचेर ठेकेदार सम्पर्कबिहीन बन्ने गरेको बताए । पुल निर्माणको थालनी भएपछि मात्रै देशमा ३ निर्वाचन भइसकेका छन् । निर्वाचनमा कान्द्राको पुल सम्पन्न गर्ने ‘एजेन्डा’ सबै राजनीतिक दलबाट चुनाव लड्ने उम्मेदवारले प्राथमिकतामा राख्ने गरेका छन् ।

यसलाई प्राथमिकतामा राखेका उम्मेदवार चुनाव जीतेसँगै बिर्सने गरेको स्थानीय कैलाश चौधरीले सुनाए । भजनी नगरपालिकाले निर्माण कम्पनीले यस वर्ष पनि पुल निर्माण नभए आफ्नै स्रोतबाट बाँकी काम सम्पन्न गरी आवागमनलाई सहज बनाउने तयारीसमेत थालेको छ ।

नगरपालिकाले पुलको बाँकी कामका लागि हुन आउने खर्चको लागत अनुमानसमेत तयार पारेको मेयर केवल चौधरीले जानकारी दिए । संघीय मन्त्रालयल पुसभित्र सम्पन्न गर्ने आश्वासन पाएको उनी बताउँछन् । ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved