उखुमा रेड रड रोगको समस्या, किसान चिन्तित

  • भदौ २८, २०७९
  • कालापानी मिडिया
alt

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका ८ का किसानले रोपेका उखुखेतीमा रेड रड ९रातो सडन० रोग समस्या देखा परेको छ । किसानले ६० विगाह बढी जग्गामा रोपेको उखुमा रेड रड रोग देखापरेको हो ।

पानी जम्ने खेतमा रोपिएको उखुमा रोग देखा परेको नगरपालिकाको कृषि शाखाका प्रमुख सुमनराज भट्टले जानकारी दिए । “किसानले रोपेको १५ विगाह बढीको उखु पुरै सखाप भएको छ’ उनले भने, ‘अरु किसानको १० प्रतिशत देखि ८० प्रतिशत सम्म उखु बालीमा रोगले नोक्सानी गरेको छ ।’ सिओ २३८ र सिओ २०८ जातको उखुमा रोग बढी देखा परेको छ । ‘यस रोगका कारण उखुका पात सुक्ने र उखुलाई चिरेर भित्र हेर्दा पुरै रातो देखिने गरेको छ, उखु सडेर नराम्रो गन्ध समेत आउछ, यो एक प्रकारको उखुमा लाग्ने क्यान्सरनै हो’ शाखा प्रमुख भट्टले भने, ‘यसको रोकथामका लागि किसानलाई ढुसिनासक विषादी उपलब्ध गराउने कार्य भैरहेको छ ।’ चिनी मिलले समेत किसानलाई सल्लाह संगै बिषादी उपलव्ध गराएको छ ।

उखु खेती गरेका किसान कर्मु रानाले उखुबालीमा रेड रड नामक रोगले नोक्सानी गर्न थालेको बताएका छन् । ‘उखु खेती गरिएको पाँच विघा जग्गाको धेरै ठाउमा रोग देखा परेको छ’ उनले भने, ‘रोगबाट उखु जोगाउनका लागि ढुसिनासक बिषादी छर्कने कार्यमा जुटेको छु । रोपेको १० प्रतिशतमा रोग देखिएको छ ।’ अर्का किसान भम्टा रानाले तीन विघा जग्गामा उखु खेती गरिएको मध्ये एक विघा जग्गाको उखु रोगका कारण पुरै सुकेर नोक्सनी भएको बताए।

‘ऋण लिएर उखु खेती गरेको थिए’ उनले भने, ‘उखु रोगका कारण सुकेपछि रु तीन लाख बढीको नोक्सानी व्यहोर्नु परेको छ ।’ ‘शुरुआतमै रोग लाग्न लागेको बेला ढुसिनासक बिषादी छर्किए यसले नियन्त्रण गर्छ’ उखु किसान असारे वडाकले भने, ‘रोग लागि सकेपछि नियन्त्रण गर्न गाह्रो हुन्छ ।’ व्यापक रुपमा रोग फैलिएकाले उखु काटिदा सम्म निकै नोक्सान पुर्याउने उनले बताए ।

अहिले सम्म १५० किसानले रोपेको उखुबालीमा नोक्सनी भएको छ । यसबाट उनीहरुले रु ५० लाख बढीको नोक्सानी व्यहोरेका छन । नगरपालिकाको कृषि विकास शाखाका कृषि प्राविधिक हरिश सेठीका अनुसार यस रोगको लक्षण साउनबाट उखुमा लाग्न सुरु हुन्छ । यसको बेलैमा उपचार गरिएन भने पछि यसले उखुमा धेरै नोक्सान पुर्याउँ छ । ‘उखुको पातमा सेतो धव्वाहरु देखिने, सुक्ने, डाँठ सानो र खुम्चिने हुन्छ’ उनले भने, ‘उखुको भित्र-भित्र कुहिदै जान्छ । बेलैमा रोगको पहिचान भए उखुलाई रोग लाग्नबाट बचाउन सकिन्छ ।’ उखु रोप्दा बीउलाई उपचार गरेर मात्रै रोप्नु पर्ने उनले बताए । बेलौरीका ८० प्रतिशत बढी किसानले उखु खेती गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved