इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्यामले लेस्टर सिटीलाई ६–२ ले हरायो

  • आश्विन २, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले लेस्टर सिटीलाई ६–२ गोलको फराकिलो अन्तरले हराएको छ ।

घरेलु मैदानमा टोटनह्यामका लागि दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले ह्याट्रिक गरे । त्यस्तै ह्यारी केन, एरिक डाएर र रोड्रिगो बेन्टान्कुरले १र१ गोल थपे । लेस्टरका लागि युरी टिलेमान्स र जेम्स म्याडिसनले १र१ गोल गरे ।

लेस्टरले खेलको छैटौँ मिनेटमा टिलेमान्सको पेनाल्टी गोलमा अग्रता लिएको थियो । तर यो अग्रता २ मिनेट पनि रहेन । केनले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको २१औँ मिनेटमा डाएरले गोल गरी घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफको ४१औँ मिनेटमा म्याडिसनले गोल गरी खेल २-२ को बराबरीमा ल्याए ।

टोटनह्यामले खेलको दोस्रो हाफमा ४ गोल थप्यो । ४७औँ मिनेटमा बेन्टान्कुरले गरे । त्यसपछि मैदान प्रवेश गरेका ह्युङ मिन सनले ७३औँ मिनेट, ८४औँ मिनेट र ८६ औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे । उनी १३ मिनेट २१ सेकेन्डको अन्तरमा ह्याट्रिक गर्न सफल भएका छन् । जितसँगै टोटनह्यामको ७ खेलमा १७ अङ्क भएको छ । टोटनह्याम अङ्कतालिकाको दोस्रो स्थानमा छ । पराजित लेस्टर ७ खेलमा १ अङ्ककासाथ पुछारमा छ ।

इङ्ग्लिस प्रिमियर लिगमा हिजो भएको अर्को खेलमा न्युक्यासल युनाइटेड र बर्नमाउथले एकरएक गोलको बराबरी खेलेका छन् । त्यस्तै म्यानचेस्टर सिटी उल्भ्सलाई ३–० गोलले हराउँदै शीर्षस्थानमा उक्लिएको छ । एक खेल कम खेलेको आर्सनल तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved