चोलेन्द्रशमशेर जबरालाई सरकारी निवासबाट हटाउने सरकारको तयारी

  • आश्विन ३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं। सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारी निवासबाट हटाउने तयारी थालेको छ। निलम्बनकै अवस्थामा सर्वोच्च अदालत फर्कन खोजेको भन्दै सरकारले जबराको सुविधा खोस्ने तयारी गरेको हो।

जवराले कानुन विपरित अराजकता मच्चाउन खोजेको आरोप लगाउदै सरकारले उनको सुरक्षामा खटिएका प्रहरीलाई आइतबार नै फिर्ता बोलाइसकिएको छ। उनलाई बालुवाटारस्थित सरकारी निवासबाट पनि हटाउने तयारी भइरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ। ‘उहाँले निलम्बित रहेकै अवस्थामा सरकारी सुविधाको दुरुपयोग गरी संविधान विपरीत कार्य गर्न खोज्नुभएको छ। हामीले उहाँलाई आफैँ हट्न आग्रह गरेका छौं। उहाँले अग्रहको पालना नगरेको अवस्थामा बल प्रयोग गरेर हटाइने छ,’ गृहका एक अधिकारीले भने।

गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरीले जबराको व्यक्तिगत सुरक्षामा खटिएका पिएसओ, निवास सुरक्षा तथा स्कर्टिङमा खटिएका सुरक्षाकर्मीलाई आइतबार दिउँसो फिर्ता बोलाइएको हो। उनले प्रयोग गर्ने गाडी पनि खोसिएको छ।

गत १ फागुनमा महाभियोग दर्ता भएदेखि जबरा निलम्बनमा छन्। तर, उनले सरकारीनिवासमा बसेर सेवा–सुविधा भने प्रयोग गर्दै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved