रुसद्वारा युक्रेनमा पुनः क्षेप्यास्त्र प्रहार

  • आश्विन ४, २०७९
  • कालापानी मिडिया
alt

काटमाडौं । रुसले युक्रेनमा पुनः क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिणी युक्रेनको एउटा आणविक उर्जा केन्द्र नजिकै युक्रेनी क्षेप्यास्त्र खसेको युक्रेनी अधिकारीहरूले बताएका हुन् ।

सोही क्षेप्यास्त्र अन्य औद्योगिक उपकरणमा खसेको र नजिकै रहेका ३ वटा आणविक रियाक्टरलाई यसबाट कुनै क्षति नपुगेको जनाइएको छ । युक्रेनी अधिकारीहरूले सोमबार यस घटनालाई आणविक आतंकवादको संज्ञा दिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनी प्रमुख पूर्वाधारहरूमाथि आक्रमण हुनसक्ने चेतावनी दिए लगत्तै क्षेप्यास्त्र हमला भएको हो । युक्रेनी आणविक सञ्चालन निकाय इनर्गोएटमका अनुसार साउथ युक्रेन न्युक्लियर पावर प्लान्टको नामले समेत चिनिने प्रिभ्देन्नोउक्रेन्स्क न्युक्लियर प्लान्टदेखि केवल ३ सय मिटर पर क्षेप्यास्त्र खसेको छ ।

युक्रेनको रक्षा मन्त्रालयले सार्वजनिक गरेको सीसीटिभी फुटेजमा अँध्यारोमा एकपछि अर्को गरी दुई वटा आगोको डल्ला विस्फोट भएपछि अत्यन्तै उज्यालो झिल्का फैलिएको देखिन्छ । रुसी रक्षा मन्त्रालयले यसबारे कुनै प्रतिक्रिया दिएको छैन् । संयुक्त राष्ट्रसंघको आणविक पहरेदार अर्थात अन्तर्राष्ट्रिय आणविक उर्जा निकायले पनि तत्कालै कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved