नवीकरणीय ऊर्जामा विश्वले तीन गुणा लगानी बढाउनुपर्नेमा राष्ट्र सङ्घको जोड

  • आश्विन २७, २०७९
  • कालापानी मिडिया
alt


काठमाडौं । नवीकरणीय ऊर्जामा विश्वव्यापी लगानी तीन गुणा बढाउनुपर्नेमा संयुक्त राष्ट्र सङ्घले जोड दिएको छ ।

विश्वलाई शून्य उत्सर्जनको दिशामा अघि बढाउन सन् २०५० सम्ममा नवीकरणीय ऊर्जामा विश्वव्यापी लगानी तीन गुणा बढाउनुपर्ने विश्व मौसम विज्ञान सङ्गठन ९डब्ल्यूएमओ० ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा स्वच्छ ऊर्जास्रोतबाट आउने विद्युतको आपूर्ति आउँदो आठ वर्षभित्र दोब्बर बनाइनुपर्ने नभए विश्वव्यापी ऊर्जा सुरक्षामा खलल पर्न सक्ने ठानिएको छ । डब्ल्यूएमओका महासचिव पेटेरी तालसले सौर्य, वायु र जलविद्युत् जस्ता ऊर्जा उत्पादनका स्वच्छ रूपहरूमा प्रवेश गर्नु र ऊर्जा दक्षतामा सुधार गर्नु निक्कै महत्त्वपूर्ण रहेको बताएका छन् ।

मुख्यगरी अफ्रिकामा आधुनिक ऊर्जामा पहुँच पुर्याउन वार्षिक २५ अर्ब अमेरिकी डलर लगानी आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । यसले अहिलेको विश्वव्यापी ऊर्जा लगानीको झण्डै एक प्रतिशतको प्रतिनिधित्व गर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved