आजबाट सुरू भयो चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन

  • आश्विन ३०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ महाधिवेशन आज (आइतबार) देखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा सुरू हुने भएको छ ।

महाधिवेशनमा २२ सय ९६ जना प्रतिनिधिले भाग लिने भएका हुन् । यी प्रतिनिधिले समग्र चीनभरीका ९ करोड ६० लाख पार्टी सदस्यको प्रतिनिधित्व गर्ने भएका छन् । बेइजिङको समय अनुसार आइतबार बिहान १० बजे महाधिवेशन सुरू भएपछि कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रतिवेदनमाथि छलफल सुरु हुने भएको छ ।

महाधिवेशनमा सीपीसी, केन्द्रीय समितिको अनुशासन निरीक्षण आयोगको प्रतिवेदनमाथि लेखाजोखा गरेर पार्टीका महत्वपूर्ण विषयमा छलफल र निर्णय गर्ने तथा कम्युनिष्ट पार्टीको नयाँ केन्द्रीय समिति र नयाँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि अक्टोबर ९ देखि १२ तारिखसम्म १९ औँ केन्द्रीय समितिको सातौं पूर्ण अधिवेशन सम्पन्न भएको थियो । सोही अधिवेशनले २०औँ महाधिवेशनको मिति अक्टोबर १६ का लागि निर्धारित गरेको थियो । यो महाधिवेशनले कस्ता पृष्ठभूमिका नेतालाई अगाडि सार्छ र कस्तो खालको नीति तय गर्छ भन्ने विषयले विश्व राजनीतिमा अर्थ राख्छ ।

महाधिवेशनको एक साताअघि प्रेस सेन्टर खुला गरिएपछि आयोजकले यसबारे जानकारी दिएका हुन् । कोभिड नियन्त्रणको नीतिका कारण पत्रकारले प्रतिनिधिहरूसँग प्रत्यक्ष साक्षात्कार गर्न भने पाउने छैनन् । तर प्रेस केन्द्रले भिडियो अन्तर्वार्ताको व्यवस्था मिलाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved