म्यानमारमा साँस्कृतिक कार्यक्रममा सेनाले बम खसाल्यो, ८० जनाको मृत्यु

  • कार्तिक ९, २०७९
  • कालापानी मिडिया
alt

म्यानमारमा सेनाले गरेको हवाइ आक्रमणमा ८० जनाको मृत्यु भएको छ। मुलुकको उत्तरी भूभागमा सेनाले गरेको हवाइ आक्रमणमा १०० जना घाइते भएको एपीले जनाएको छ।

उत्तरी म्यान्मारको कचिन राज्यमा सेनाको हवाईजहाजले बम खसालेको स्थानीयवासीले जनाएका छन्। कचिन राज्यमा सक्रिय कचिन इण्डिपेन्डेन्ट आर्मी नामक लडाकु समूहले जनाएअनुसार उक्त समूहले कान्सी गाउँमा आयोजना गरेको साँस्कृतिक कार्यक्रमलक्षित बम हमला भएको हा ।

सेनाले ३ वटा बम खसालेको जनाइएको छ। राज्यमा स्वायत्तताका लागि जारी अभियानको ६२ औँ वार्षिकोत्सवको अवसरमा उक्त साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो। आक्रमणमा मारिनेमा केही कचिन गायक समेत रहेको जनाइएको छ।

घाइतेलाई उपचारका लागि नजिकैको हपकान्त शहरको अस्पतालमा लैजान लागेका मानिसलाई सेनाले बाटैमा रोकेको समेत स्थानीयवासीले आरोप लगाएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved