आज कार्तिक २३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

  • कार्तिक २३, २०७९
  • कालापानी मिडिया
alt

आज मिति २०७९ कार्तिक २३ गते बुधबार । तद्नुसार नोभेम्बर महिनाको ९ तारिक २०२२ । मार्गकृष्णपक्ष प्रतिपदा, कौलब करण, कृत्तिका नक्षत्र, वरियान योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज बिहान सूर्योदय ११ः४८ मा हुनेछ भने सूर्यास्त ५ः१५ मा हुनेछ ।
आज मध्यान्हको समयमा राहुकाल रहेको छ । यो समयमा कुनै शुभकार्य नगर्दा राम्रो हुन्छ । आजका देवता कुवेर र ग्रहदेव बृहस्पति हुन् । भनिन्छ, बुधबारको दिन घर गहृस्थसम्बन्धी कार्य गर्दा शुभ हुनेछ । आर्थिक कारोबारका लागि बुधबारको दिन शुभ हुनेछ । ऋण लिनु परेमा बुधबारको दिन शुभ रहेको छ । बुधबारको दिन अचल सम्पत्तिको कारोबार नगर्न बेस हुनेछ ।

मेष- चु,चे,चो,ला,लि,लु,ले,लो,अ
सत्कार्यबाट मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिब र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । मनमा प्रसन्नता छाउनेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।

वृष- इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्टी रहन सक्छ । लामो यात्राका लागि अवसर आउने छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु बेस हुनेछ । यात्रामा निस्कनुभन्दा पहिले नजिकै रहेको कुनै पनि देवीदेवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने यात्रा फलदायी हुनेछ ।

मिथुन- क,कि,कु,घ,ङ,छ,के,को,ह
मिथुन राशिका जातकका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ । मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यबाट कामको प्रशंसा हुनेछ । बिहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुपर्नेछ ।

कर्कट- हि,हू,हे,हो,डा,डि,डु,डे,डो
धन लाभको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस् सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान समेत मिल्नेछ ।

सिंह-,मा,मि,मु,मे,मो,टा,टि,टु,टे
मनमा प्रसन्नता छाउने छ । आजको दिन मौन रहनु नै बेस हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नै बेस हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु नै राम्रो होला । सकारात्मक सोच राखेर काम गर्नुहोला ।

कन्या- टो,प,पी,पू,ष,ण,ठ,पे,पो
व्यापार व्यवसायको कामबाट लाभ हुनसक्छ । अध्ययनअध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसीयाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तु,ते
आजको दिन सकेसम्म विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप आउँछन भने हानी हुनसक्ने सम्भावना पनि रहन्छ । व्यापार व्यवसायबाट केही फाइदा हुने काम हुनेछ । मनमा चिन्ता र भय हुनसक्छ, आत्मबल बलियो बनाउनु पर्नेछ । देवालय र शिवालय यात्रा गर्नुहोला ।

वृश्चिक-तो,ना,नि,नु,ने,नो,या,यि,यु
व्यापार व्यवसायबाट फाइदा हुनेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । सकारात्मक सोच राख्नै अशक्तलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ ।

धनु- ये,यो,भा,भी,भु,ध,फा,ढ,भे
तपाईलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार गर्दा खुसियाली छाउने छ ।

मकर- भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी
आजको दिन आफ्नो आम्दानीको १० प्रतिशत भए पनि भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा पुगेर दर्शन मात्र गर्नाले मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने तपाईलाई फाइदा पुग्नेछ। चन्द्रमाको साथ रहेको छ ।

कुम्भ- गु,गे,गो,सा,सी,सु,से,सो,द
स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गरेर मात्र यात्रा गरे बेस हुनेछ । आजको दिन अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । आर्थिक हानी हुनसक्नेछ ।

मीन- दी,दु,थ,झ,ञ,दे,दो,च,ची
सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि तपाईलाई आजको दिन सफलता मिल्नेछ । परिवारका जेष्ठ सदस्यलाई केही उपहार दिनु भयो भने आशीर्वाद प्राप्त हुनेछ । घर व्यवहारको लागि चाहिने सामान खरिद गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved