दार्चुलामा गठबन्धन र एमालेका कार्यकर्ताबीच कुटाकुट, ४ जना घाइते

  • कार्तिक २५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । दार्चुलामा सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताहरू बीच कुटाकुट भएको छ।

बिहीबार बेलुकी जिल्लाको अपिहिमाल गाउँपालिका–५ स्थित ओखल भन्ने ठाउँमा गठबन्धन र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको हो। प्रहरीका अनुसार कार्यकर्ताहरूको झडपमा ४ जना घाइते भएका छन्। गठबन्धनका २ जना र एमालेका २ जना घाइते भएका हुन्। झडपमा परी एमाले कार्यकर्ता मार्मा गाउँपलिका–३ का २८ वर्षीय वीरेन्द्र विष्ट, शैल्यशिखर नगरपालिका ९ का २५ वर्षीय सुरेश वादी र गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका ६ का २० वर्षीय जहेन्द्रसिंह धामी र २४ वर्षीय जगतसिंह धामी घाइते भएका छन्।

उनीहरूको अहिले लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। एमाले प्रदेश सभा (२) का उम्मेदवार रामदत्त जोशीको टोलीले प्रचार गरिरहेको अवस्थामा गठबन्धनका कार्यकर्तासँग जम्काभेट भएपछि विवाद भएको थियो। गठबन्धनका कार्यकर्ताले विवाद सुरु गरेपछि झडपको स्थिति बनेको बताइएको छ। प्रचारमा अवरोध गरेपछि प्रतिवाद गर्न खोज्दा झडप भएको एमाले दार्चुलाले जनाएको छ।

अपिहिमाल गाउँपालिकाबाट घरदैलो गरेर मार्मा फर्कने क्रममा ओखलमा गठबन्धनका कार्यकर्ताले मदिरा सेवन गरी विवाद गर्न थालेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाको भनाई छ। झडपपछि प्रहरी टोलीले उम्मेदवारको टोलीलाई सुरक्षित स्थानमा पुर्‍याएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved