हैदरावादी र मगली विरयानीको श्वाद अब इटहरीमा- हेनुहाेस तस्बीर सहित

  • फाल्गुन २९, २०७६
  • कालापानी मिडिया
alt

इटहरी : बिर्यानी भन्ने बित्तिकै धेरैले आहा भन्दै मुख मिठ्याउने गरेको देख्न पाइन्छ । प्रदेश एकको हिसाबमा सुगम जिल्लामा सेवा सुविधा सम्पन्न होटलहरू धमाधम स्थापना हुने क्रम जारी छ तर बिर्यानीकै टेस्टमा आधारित होटलहरू भने कमैमात्रामा पाइन्छ । यसैबिच बिर्यानीका पारखिहरूलाइ मध्यनजर गर्दै इटहरीमा हालै तिन जना युवाहरूको समुहले रोयल होटल प्राली तथा बिर्यानी सञ्चालनमा ल्याएका छन ।

पर्यटन वर्ष २०२० लाइ लक्षित गरी पछिल्लो समय इटहरीमा पनि करोडौको लगानि सहित ठुला होटलहरू स्थापना भइसकेका छन ।यस्तै होटलहरूकै बिच करीब तिन करोडको लागतमा बिशेष गरी १५६ प्रकारको मसलाबाट निर्मित बिर्यानीको स्वाद चखाउन रोयल होटल तथा बिर्यानी हाउसको सुरूवात गरिएको होटल सञ्चालकहरूबाट बुझिएको छ ।

Ho-2048x1539

रोजगारको खोजिमा हजारौ नेपाली किशोर किशोरी खाडि मुलुकहरूमा दुख गरिरहेको बेला उनिहरूलाइ नेपालकै भुमिमा नंग्रा ख्याएर सुन फलाउन सकिन्छ भन्ने सन्देश दिनकै लागि यो होटल सञ्चालनमा ल्याइएको सञ्चालकहरूबाट बुझिएको छ ।  अधिकांश युवाशक्ति रोजगारीको शिलशिलामा विदेशिएपनि इटहरीमा भने युवाहरु होटल व्यवासाय तर्फ आकर्षित भएका छन् । युवाहरुको पहलमा अहिले रोयल होटल प्राली तथा रोयल बिर्यानी सञ्चालनमा ल्याएका छन् ।h2-2048x1150

मुस्लिम , पहाडे र मधेसी समुदायको संयुक्त मिलन तथा भाइचाराको समबन्ध दर्साएर समाजमा गतिलो उदहारण देखाउदै तिनै समुदायको संयुक्त लगानीमा सो होटल सञ्चालनमा ल्याइएको हो । होटलका सञ्चालकहरूमा पहाडे समुदायबाट होम प्रशाद दहाल , मधेसी समुदायबाट महेस कुमार यादव र मुस्लिम समुदायबाट समिम सिद्धकि रहेका छन । इटहरीका ३ युवा व्यवसायीहरूको संयुक्त लगानीमा सञ्चालन हुने उक्त होटलमा बिर्यानीका बिभिन्न प्रकारहरूको स्वाद रहने साथै अन्य होटलहरूमा पाइने सेवा सुविधाहरू पनि उपलब्ध गराइने छ ।

Hotel-2048x1150

 इटहरीमा पहिलो पटक १५६ वटा मसालाहरूको मिसावटबाट बनाइएको बिभिन्न प्रकारको बिर्यानीको स्वाद चखाउन रोयल होटल तथा बिर्यानी हाउस सञ्चालनमा ल्याइएको होटलका सञ्चालक महेस कुमार यादवले बताए ।

  धेरै युवाहरु वैदेशिक रोजगारमा वाहिर गएपनि आफुहरुले स्वदेशमै केही गरेर देखाउनको लागी होटल खोलेको लगानीकर्ता मध्येका महेस कुमार यादव बताउछन । प्रदेश एकको प्रमुख ब्यापारिक केन्द्रको पहिचान बनाइसकेको इटहरीमा पछिल्लो समय ठुलो लगानीका होटलहरू स्थापना भइ सञ्चालन हुने क्रम बढदो रहेको प्रदेश १ का सफल व्यवसायी बलराम आचार्यले बताए ।

 

haidarabad

आन्तरिक तथा बाहिय पर्यटकहरूलाइ लक्षित गरी पर्यटकहरूकै सेवालाइ बिशेष प्राथमिकतामा राखेर काम गरिने सञ्चालकहरूले प्रतिवद्धता जनाएका छन । ३ करोड रुपैयाँ बढी लगानीमा सञ्चालनमा आएको रोयल होटल प्राली तथा रोयल बिर्यानी  हाउसमा१५६ वटा मसालाहरूको मिसावटबाट  बनाइएको हैदारीवादको स्वादका विभिन्न परिकारहरु एकै ठाउँमा ग्राहवर्गहरुले पाउने उनले बताए । यस्कासाथै यहाँ सेकुवाको वास्तविक स्वाद र विभिन्न पारिकारले यस रेष्टुरेन्टको फरक पहिचान हुने संचालकको दावी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved