नेपाल भर्सेस पाकिस्तानः दशरथ रंगशालामा ५०औं अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

  • कार्तिक ३०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । दशरथ रंगाशालामा सन् १९८४ मा औपचारिकरूपमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको नेपाली राष्ट्रिय फुटबल टिमले आज ५०औं खेल खेल्दैछ । साँझ ५ बजे सुरू हुने खेल नेपालका लागि मात्र नभई पाकिस्तानका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको छ । फिफा प्रतिबन्धमा परेको पाकिस्तान फुटबलले नेपालसँग प्रतिस्पर्धा गर्दै तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा नयाँ अध्यायको सुरूआत गर्दैछ ।

प्रि म्याच कन्फरेन्समा नेपालसँगको खेलले लामो समयपछि फुटबलमा फर्किएको पाकिस्तानको टीममा खेलाडी अनुसन्धान गर्ने अवसर मिल्ने पाकिस्तानका मुख्य प्रशिक्षक सहजाद अनवर बताएका थिए । यस्तै, उनले आजको खेलमा नेपाल विरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने पनि प्रतिकृया दिएका थिए ।

पाकिस्तान र नेपाल अन्तिम पटक सन् २०१८ मा ढाकामा आयोजना भएको साफ च्याम्पियनसिपमा आमनेसामने भएका थिए । उक्त खेलमा २(१ अन्तरमा पाकिस्तानविरुद्ध पराजित भएको नेपालक चार वर्षपछि नतिजा उल्टाउने लक्ष्यसहित मैदान उत्रिने छ । हालसम्म पाकिस्तानसँग १६ खेल खेलेको नेपालले ६ बराबरी पाँच जित र पाँच हारको नतिजा निकालेको छ ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालका कप्तान रोहित चन्दले पाकिस्तान खेल्नका लागि सधैँ गाह्रो प्रतिद्वन्द्वी भएपनि आजको खेलमा उच्च मनोबल लिएर मैदान उत्रिने साथै सकारात्मक नतिजा निकाल्ने विश्वास जनाएका थिए । नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहितले कप्तानको जिम्मेवारी पाएका छन् ।

यस्तै, नेपालका प्रशिक्षक प्रवेश कटुवालले टीम छनोटमा थोरै समय भएपनि आफूले उत्कृष्ट खेलाडीहरू छनोट गरेर टीम बनाएको बताए । उनले आफूले टीम छनोटमा निर्णय लिएको भएकाले नतिजा जे आएपनि त्यसको भागीदार आफैँ हुने बताए ।

प्रशिक्षक अबदुल्लाह अल्मुताईरीले राजीनामा दिएपछि नेपाली राष्ट्रिय फुटबल टीमले स्थायी प्रशिक्षक प्राप्त गर्न सकेको छैन । त्यसैले, अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तानसँगको मैत्रिपूर्ण खेलका लागि दुई पटक सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबलाई लगातार दुई पटक च्याम्पियन बनाएका प्रवेश कटुवालले मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

दशरथ रंगाशालामा ५०औं खेल खेलिरहँदा आज नेपालले पाकिस्तानसँग घरेलु मैदानमा ८औं खेल खेल्नेछ । यस रंगाशालामा हालसम्म औपचारिक रूपमा ८८ अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा २१ वटा छुट्टा-छुट्टै देशले प्रतिस्पर्धा गरेका छन् ।

नेपालले दशरथ रंगाशालामा ४९ खेल खेल्दा ५७ गोल गरेको छ । नेपालका भरत खवासले घरेलु मैदानमा सबैभन्दा धेरै ६ गोल गरेका छन् । यस्तै, हरि खड्काले ५ गोल गरेका छन् । अञ्जन विष्ट र अनिल गुरुङको नाममा समान ४ गोल रहँदा जुमानु राईले तीन गोल गरेका छन् ।

अन्तिम समय नेपालले गत असोज ११ गते दशरथ रंगाशालामै बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलको थियो । जहाँ अन्जन विष्टको ह्याट्रिकमा नेपालले बंगलादेशलाई ३-१ ले पराजित गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved