इजराइलले माग्यो कृषि क्षेत्रमा काम गर्ने १ हजार ४ सय नेपाली कामदार

  • कार्तिक ३०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । इजरायलले कृषि क्षेत्रमा काम गर्न नेपाली श्रमिक लैजाने तयारी भएको छ। जसका लागि इजरायल र नेपाल दुवै देशमा प्रतिनिधिसँग पहिलो चरणको छलफल सकिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

इजरायलले कृषि क्षेत्रमा काम गर्ने १ हजार ४ सय नेपाली कामदार माग गरेको छ। ​तिनीहरूलाई पठाउने प्रक्रियाबारे छलफल अगाडि बढाइएको छ। यसअघि इजरायलले केयरगिभरका लागि १ हजार नेपाली कामदार मागेको थियो। जसमा वैदेशिक रोजगार विभागको इपिएस शाखाले १ हजार १ सय ७५ जनालाई छनोट गरेको थियो।

माग गरेअनुसार १ हजार १९ जना कामदार इजरायल पुगेको इजरायल शाखा प्रमुख डम्बर सुनुवारले जानकारी दिए। बाँकी १ सय ७५ जनामा कतिले नजाने भन्दै पत्र पठाएको, कसैको मेडिकल फेल भएको थियो भने ५५ जना जाने प्रक्रियामा रहेका छन्। उनीहरूलाई पठाउने प्रक्रिया अगाडि बढाइएको विभागले बतायो।

कृषि क्षेत्रका लागि जाने नेपाली श्रमिकको छनोट, योग्यता तथा अन्य मापदण्डबारे पहिलो चरणको छलफल गरिएको श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। लिने कामदारको छनोट तथा योग्यताको प्रस्ताव इजरायलले पठाउनासाथ प्रक्रिया अगाडि बढाउने मन्त्रालयका उपसचिव डा। थानेश्वर भुसालले जानकारी दिए।

उनले भने, ‘इजरायलले कस्ता श्रमिक लैजाने भन्ने टुंगो लगाएपछि मात्र छनोट प्रक्रिया‚ मापदण्ड निर्माण गर्नेछौं।’ हाल इजरायलको कृषि, केयरगिभर, उद्योग लगायतका विभिन्न क्षेत्रमा नेपाली कामदार रहेका छन्।

जिटुजीमार्फत पठाउने

इजरायल रोजगारीमा पठाइने कामदारलाई जिटुजीमार्फत नै पठाउने तयारी भएको विभागले जनाएको छ।

यसअघि पनि सोही माध्यमबाट पठाएकाले कृषिमा पठाउने कामदारका लागि पनि सोही प्रक्रिया अवलम्बन गर्ने तयारी रहेको विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिए। महानिर्देशक आचार्यले कृषि क्षेत्रमा इजरायल जाने श्रमिकले साधारण अंग्रेजी बोल्न सक्ने मापदण्डसहित कृषि क्षेत्रमा अनुभव भएकालाई प्राथमिकतामा राखिने उनले बताए।

इजरायलले आगामी जनवरीसम्म कृषि क्षेत्रका १ हजारमध्ये ४ सयलाई लैजाने जनाउँदै आएको छ। नेपाली कामदारले इजरायल रोजगारीको अवसर खोजेका छन्। त्यसैले तत्काल प्रक्रिया अगाडि बढाई कामदार पठाउने तयारी रहेको आचार्यको भनाइ छ। यसअघि श्रम मन्त्रालयले इजरायलको निर्माण क्षेत्रमा श्रमिक पठाउन संयुक्त कार्य समूहमा प्रतिनिधित्वका लागि मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो।

इजरायलको निर्माण क्षेत्रमा श्रमिक लैजान इजरायलले यसअघि नै द्विपक्षीय वार्ता र छलफलका लागि वार्ता टोली गठन गरिसकेको छ। टोलीले निर्माण क्षेत्रमा माग गरिएको श्रमिक संख्या, न्यूनतम योग्यता, तालिम, छनोटको विधि, न्यूनतम पारिश्रमिकजस्ता विषयमा इजरायली टोलीसँग छलफल गर्ने जनाइएको छ। कामदार पठाउने अन्य विषयमा भने छलफल भइरहेको प्रमुख सुनुवारले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved