कञ्चनपुरबाट नेकपा बहुमतका ८ जना पक्राउ

  • मंसिर ४, २०७९
  • कालापानी मिडिया
alt

कञ्चनपुर । कञ्चनपुरबाट नेकपा बहुमतका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भीमदत्त नगरपालिका( ४ भृकुटी मावि मतदान केन्द्रबाहिर निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले जिल्ला इन्चार्ज हरिष दयाललगायतलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो ।

बिहान करिब साढे ९ बजे दयाल नेतृत्वको समूहले मतदान स्थल बाहिर पर्चा पम्प्लेट देखाएर चुनावको विरोध जनाएको थियो।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको कमाण्डमा रहेको टोलीले कञ्चनपुरको बेदकोट नगरपालिका( ७ गाउजीका ४२ वर्षीय हरिष दयाल, भिमदत्त नगरपालिका ९ मटेनाका २४ वर्षीय दीपेन्द्र ऐरी, वडा नम्बर १ बाराकुण्डाका ३० वर्षीय सुरेन्द्र धानुक र वडा नम्बर ८ तिलाचौरका २१ वर्षीय विरेन्द्र नाथलाई पक्राउ गरेको हो । यसैगरी भीमदत्त नगरपालिका २ उल्टाखामका २४ वर्षीय सुरज मल्ल, भिमदत्त नगरपालिका ९ मटेनाका २१ वर्षीय सुरेश नाथ ,वडा नम्बर १८ कटानका ३० वर्षीय वीरेन्द्र शाह र शुक्लाफाँटा नगरपालिका(८ मणिकाधामका ४० वर्षीय नक्साल विष्टलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved