नायिका आँचल शर्माले कसिन लगनगाँठो

  • फाल्गुन ३०, २०७६
  • कालापानी मिडिया
alt


काठमाडौं । चलचित्र ‘नाई नभन्नु ल ४’ बाट नेपाली सिने जगतमा प्रवेश गरेकी नायिका आँचल शर्माले लगनगाँठो कसेकी छिन् ।
फागुन २९ गते बिहिबार नायिका शर्माले प्रेमी उदिप श्रेष्ठसँग बिबाह गरेकी हुन् । उनीहरुको हिन्दू परम्परा अनुसार बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा बिबाह सम्पन्न भएको थियो । करिब एक बर्षको प्रेमलाई उनीहरुले बिवाहमा परिणत गरेका हुन् । विवाहभन्दा अगाडि आँचल र उदिपले संगीत र मेहेन्दीको कार्यक्रम समेत राखेका थिए ।

Capture1
दुवै पक्षका परिवारको मात्र उपस्थिति रहेको उक्त विवाहमा उनीहरुले आफ्ना निकट चलचित्र क्षेत्रका केहि कलाकर्मीहरुलाई मात्र निम्त्याएका थिए । गएको फागुन १२ गते टिकाटालो गरेका आँचल र उदिपले आगामी चैत १ गते रिसेप्सन पार्टी दिँदैछन् । रिसेप्सन पार्टीमा उपस्थितिका लागि यी दुईले फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुलाई निमन्त्रणा कार्ड पठाईसकेको बुझिएको छ ।
उदिप श्रेष्ठ पेशाले मेडिकल डाक्टर हुन् ।

 

केही वर्ष देखिको चिनजान पश्चात प्रेममा परेको यो जोडी आज विवाह बन्धनमा बाँधिएका हुन् । आँचलले करिब ६ महिना अघि मात्र आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी थिइन् । आँचलले आफ्नो बिबाहको तस्बिर अफिसियल इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved