विश्व कप फुटबलमा आज चार वटा खेल - इङ्ग्ल्यान्ड र अमेरिका खेल्दै

  • मंसिर ९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । फिफा विश्व कप फुटबलमा आज चार वटा खेलहरु हुँदैछन् । आज समूह चरण अन्तर्गत समह ‘ए’ र समूह ‘बी’ का दुईरदुई खेलहरु हुनेछन् । आजको पहिलो खेलमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे समूह ‘बी’ को इरान र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । वेल्सले पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने इरान इङ्ग्ल्यान्डसँग ६-२ गोलको फराकिलो अन्तरले पराजित भएको थियो ।

आज हुने दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच खेल हुनेछ । कतार र सेनेगलबीचको खेल बेलुका पौने ७ बजे सुरु हुनेछ । कतार विश्व कप आयोजक देश समेत हो । उद्घाटन खेलमा कतार इक्वेडरसँग २-० गोलले पराजित भएको थियो । त्यस्तै सेनेगललाई नेदरल्यान्ड्सले हराएको थियो । आज हुने अर्को खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच खेल हुनेछ । नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।

त्यस्तै आजराति इङ्ग्ल्यान्ड र अमेरिकाबीच खेल हुनेछ । समूह ‘बी’ मा रहेको इङ्ग्ल्यान्ड र अमेरिकाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।

विश्व कप फुटबलमा ब्राजिल, पोर्चुगल र स्विट्जरल्यान्डले विजयी सुरुवात गरेका छन् । विश्व कप फुटबलमा हिजो भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved