फिफा विश्वकप आज चार खेल हुँदै

  • मंसिर ११, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । कतारमा जारी फिफा विश्वकप–२०२२ अन्तर्गत आज आईतबार चार खेल हुँदैछ । कतार विश्वकपमा आईतबार समूह चरण अन्तर्गत समूह ‘ई’ र समूह ‘एफ’का दुई दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान र कोस्टारिकाबिच प्रतिस्पर्धा हुनेछ । जापान र कोस्टारिका बिचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

जापान आजको खेलमा दोस्रो जितको खोजीमा रहने छ । पहिलो खेलमा जापानले बलियो मानिएको जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । उता,कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछन । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७-० को अन्तरमा पराजित भएको थियो ।

दोस्रो खेलमा समूह ‘एफ’ का बेल्जियम र मोरक्को बिच प्रतिस्पर्धा हुनेछ । बेल्जियम र मोरक्को बीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा क्यानडालाई १–० गोलअन्तरले पराजित गरेको बेल्जियम आजको खेलमा पनि जित हात पार्न चाहान्छ । मोरक्को भने पहिलो जित हात पार्न चाहान्छ ।

पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो । विश्वकप अन्तर्गत नै आईतबार हुने तेस्रो खेलमा क्रोएसिया र क्यानडा खेल्ने छन् । समूह ‘एफ’ का क्रोएसिया र क्यानडा बीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन् ।

पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो । क्यानडा भने बेल्जियमसँग पराजित भएको थियो । त्यस्तै चौंथो खेलमा समूह ‘ई’ जर्मनीले स्पेनको सामना गर्नेछ । जर्मनी र स्पेनको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा जित हात पारेको स्पेन सोही लयलाई निरन्तरता दिन चाहान्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved