बाजुराः ९ दिनपछि ऐडीको शव उठाइँदै, एमालेले राख्यो खुल्लामञ्चमा ‘श्रदाञ्जली सभा’

  • मंसिर १२, २०७९
  • कालापानी मिडिया
alt

महेन्द्रनगर। त्रिवेणी नगरपालिका-७ मालाकोटका ३२ वर्षीय चेतन दिप ऐडीको कुटपिटबाट मुत्यु भएको ९ दिनपछि आज शव उठाइने भएको छ। आज ९ बजे श्रदाञ्जलीका लागि उनको शवलाई खुलामंचमा राखिने नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए। श्रदाञ्जलीपछि मात्रै उनको दाहसंस्कार गरिनेछ।

गत मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा कुटपिट हुँदा गम्भीर घाइते भएका ऐडीको न्याय हेल्थअस्पताल बयलपाटा अछाममा उपचारको क्रममा मंसिर ५ गते मृत्यु भएको थियो।

ऐडी नेकपा (एमाले) निकट अनेरास्ववियुका केन्द्रीय सदस्य थिए। नेपाली कांग्रेसका कार्यकर्ताले दिउँसो बुथ कब्जा गर्न खोज्दा प्रहरीको गोली चलाएको थियो। प्रहरीको गोलीले एक जना कांग्रेस कार्यकर्ता मारिएका थिए।

त्यसपछि आक्रोशित कांग्रेस कार्यकर्ताले ऐडीको कुटपिट गरी हत्या गरेको आरोप एमालेले लगाएको छ। प्रहरी प्रशासनको संरक्षणमा सत्ता गठबन्धनले योजनावद्ध ढंगले ऐडीको हत्या गरेको भन्दै एमालेले बाजुरामा विरोध प्रदर्शन जारी राखेको छ।

यसैबीचमा प्रहरीले दुई जना लाई पक्राउ गरी घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ पर्नेहरुमा त्रिवेणी नगरपालिका–७ बस्ने २७ वर्षीया रुपा चौधरी ऐडी र सोही ठाउँ बस्ने १८ वर्षीय अर्का एक किशोर रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved