आज विवाह पञ्चमी पर्व धुमधामका साथ मनाइँदै,मधेस प्रदेशमा सार्वजनिक बिदा

  • मंसिर १२, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । आज (सोमबार) विवाह पञ्चमी, त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र जनकपुत्री जानकीबीच विवाह भएको दिन हो ।

मिथिलाञ्चलसहित देशैभर यो पर्व धुमधामका साथ मनाइएको छ। हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन सीताराम स्वयम्बरको दिनलाई विवाह पञ्चमी पर्वको रुपमा मनाउने गरिन्छ। मिथिलाञ्चलमा यो पर्व झण्डै एक साता महोत्सवको रुपमा मनाउने गरिन्छ।

जनकनन्दनी सीताको विवाह भएको दिनको सम्झनामा मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् । यो पर्वमा भारतको अयोध्याबाट ठूलो संख्यामा जन्ती आउने प्रचलन समेत रहेको छ । यसैबीच, विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले आज सोमबार सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved