विश्व कप फुटबल : फ्रान्सलाई हराए पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन

  • मंसिर १५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । विश्व कप फुटबलमा साविक विजेता फ्रान्स पराजित भएको छ ।

समूह चरणमा फ्रान्सलाई हराए पनि ट्युनिसिया नकआउट चरणमा पुग्न भने सकेन । समूह ‘डी’ को अन्तिम खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० गोलले हराएको हो । फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ ।

समूहको अर्को खेलमा अस्ट्रेलियाले डेनमार्कलाई हराएर अन्तिम १६ मा पुगेको छ ।

अर्को खेलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा पोल्यान्डलाई २–० गोलले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुग्यो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक आलिस्टरले खेलको ४६औँ र जुलियन अल्भारेजले ६७औँ मिनेटमा गोल गरे ।

जितसँगै अर्जेन्टिनाले ३ खेलमा ६ अङ्क जोड्न सफल भयो । अर्जेन्टिनासँग हारेको पोल्यान्ड समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ । समूहको अन्तिम खेलमा साउदी अरेबियालाई २–१ गोलले हराए पनि मेक्सिको तेस्रो भयो।

समूह ‘सी’ मा मेक्सिको र पोल्यान्डको समान ४र४ अङ्क भए पनि गोलअन्तरमा पोल्यान्ड अगाडि रह्यो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved