तनहुँका बिद्यालयमा बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • मंसिर १५, २०७९
  • कालापानी मिडिया
alt

दमौली । तनहुँका बिद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । रूम टु रिड तथा पढ्नको लागि कोठा द्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रम बाट तनहुँका १२ वटा सामुदायिक बिद्यालयमा अध्यनरत १४ सय ५१ जना छात्राहरु लाभान्वित छन् ।

तनहुँको ब्यास नगरपालिका , म्याग्दे गाउँपालिका , भानु नगरपालिका , बन्दिपुर गाउँपालिका र ऋषिङ गाउँपालिका भित्रका बिद्यालयहरूमा बिगत ५ बर्षदेखि उक्त कार्यक्रम चल्दै आएको छ । कार्यक्रमले छात्राहरूलाई जीवन उपयोगी सीप शिक्षा दिलाउँदै आफ्ना अधिकारका बारेमा , आदर्श ब्यक्ति बन्ने बारेमा , अरूको बिश्वास जित्ने बारेमा शिक्षा दिएको छ । यस्तै अध्यनको लागि समय तालिका बनाउने बारेमा ,भविष्यमा गर्ने पेशाको बारेमा , यौनरोग र एचआईभीका सम्बन्धमा , यौनजन्य हिंसा र दुर्व्यवहार रोकथाम सम्बन्धमा , चिनेजानेका बाट हुने बलात्कार सम्बन्धमा , स्वास्थ्यका लागि पोषण तथा शैक्षिक योजनाको निर्माणका बारेमा शिक्षा दिने गरेको छ ।

ब्यास १० शिव माविकि कक्षा ९ मा अध्यनरत छात्रा वर्षा गिरिले बिद्यालयमा बालिका शिक्षा कार्यक्रम सञ्चालन संगै जीवन उपयोगी शिक्षाले आफुहरूको आत्मबल बढेको बताइन् । उनि भन्छिन्, पहिले म अगाडि उभिएर बोल्न पनि सक्थिन तर अहिले धेरै मानिसको अगाडि निर्धक्क सँग बोल्न सक्छु । त्यहाँ अध्यन गर्ने अन्तिमा बि.क को भनाइ पनि उस्तै छ । बिकले पनि जीवन उपयोगि शिक्षाले पढ्ने सीप तथा पढ्ने बानिका लागि धेरै प्रभावकारी बनाएको बताइन् ।

यस कार्यक्रमले बिद्यार्थीहरूको उत्साह , आँट र साहस अत्यन्तै बढेको पाएको सामाजिक परिचालिका सिर्जना पराजुलीले बताइन् । पारिवारिक बाताबरणमा कक्षा लिने गरेको हुनाले छात्राहरूले आफुलाइ मिस मेडम नभनि दिदी भन्ने गरेको उनले सुनाइन् । हामी त बिद्यालयमा हुँदा शिक्षक र बिद्यार्थीको रूपमा नभइ दिदिबहिनी को रूपमा छौँ पराजुलीले भनिन् ।

बुधबार उक्त कार्यक्रम संचालित ब्यास नगरपालिका अन्तर्गतका शिव मावि ब्यास १० , निर्मल मावि ब्यास १ र सत्यबति मावि ब्यास २ मा ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने , शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख , ब्यास नगर शिक्षा अधिकृत , महिला तथा बालबालिका शाखा लगायतका टोलिले रूम टु रिड सँग संयुक्त रूपमा अवलोकन तथा अनुगमन गरेको थियो । उक्त अवलोकन तथा अनुगमन भ्रमणमा जाँदा छात्राहरूले कार्यक्रम प्रभावकारी भएको हुँदा निरन्तरता दिन आग्रह गरेका थिए ।

नमुना कार्यक्रम बिचमै सकिन्छकि भन्ने शिक्षक , अभिभावक र बिद्यार्थीहरूको चिन्ता थियो । कार्यक्रममा रूम टु रिडका फिल्ड कार्यक्रम ब्यबस्थापक दिनेश पोखरेलले सबैको चाहना कार्यक्रम निरन्तरता हुनुपर्ने भएको हुँदा यसतर्फ लागिपर्ने र कार्यक्रम पूरा गराउने बताएका थिए । पोखरेलले बिद्यालय , बालिका , अभिभावक र स्थानीय तहको अपेक्षा अनुरूप आगामि दिनमा यश कार्यक्रमको बिस्तारको लागि स्थानीय तह सँग समन्वय तथा सहकार्य गरि अगाडि बढ्ने र स्थानीय तहले उक्त कार्यक्रमलाई आफ्नो योजनामा राखि अगाडि बढेको खण्डमा रूम टु रिड प्राविधिक सहकार्य गर्नमा तयार रहेको बताएका थिए ।

अमेरिकी नागरिक जोन नेपाल भ्रमणको शिलशिलामा सन् दुई हजारमा लमजुङको बाहुनडाँडामा पुग्दा बिद्यालयको पुर्वाधार र बालबालिकाको अवस्था अत्यन्तै कस्टकर देखेका थिए । बिद्यालयमा पुस्तकहरूको अबस्था नाजुक रहेको जस्ता दृश्यले उनलाई नेपालमै किताबहरू बितरण गरि शैक्षिक क्षेत्रमा योगदान दिन मन लाग्यो । त्यहि समयमा उनले शैक्षिक क्षेत्रमा सहयोग पुर्याउन सकिने खालको काम गर्न नेपालमै रूम टु रिड संस्थाको स्थापना गरि पुस्तकालय निर्माण कार्यक्रम सुरुवात गरेका थिए ।

रूम टु रिड नेपाल सँगै बिस्तारै अन्य देशहरूमा पनि साक्षरता र बालिका शिक्षा कार्यक्रम लिएर सञ्चालन भइरहेको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved