गोठमा बाँधेको गाईलाई सडकमा खेदाएर आश्रयहिन बनाउनु पाप हो कि होईन ?

  • मंसिर २०, २०७९
  • कालापानी मिडिया
alt

अनुपमा जोशी

अवस्य पनि गौ हत्या पाप हो । हिन्दुधर्ममा गौ लाई माताको रुपमा लिइन्छ । पुजा गरिन्छ । गाईको दुध दहि मात्रै होइन पिसाव र गोबर पनि शुभ कार्यमा प्रयोग गरिन्छ । त्यसैले त कसैले गाई काटेर खाएको सुन्ने बितिक्कै हामीहरु तीन बित्ता माथि बुरुक्क बुरुक्क उफ्रिदै फेसबुक अर्थात, सामाजीक संजालमा कराउन थाल्छौ– गाई काट्नेलाई काट्नुपर्छ । मृत्यु दण्ड दिनु पर्छ । हो अवस्य पनि गाई काट्ने लाई दण्ड दिनै पर्छ । तर माहुरीले फूलको रस चुसे झै गरी गाई पालेर त्यो गाईले दुध दिँदा सम्म दुध खाने अनि बुढेसकालमा बेवारिसे छोड्नेलाई के गर्ने ? गाईहरू सडकमा भोकै, प्यासै, जाडोले, बर्षाले तड्पीएर, छट्पटाएर मरिरहेका छन् ।

अझ कतिपय ठाउँमा त गाई लाई व्यवस्थीत गर्छाै भन्दै जंगलमा तारबार लगाएर राखिएको छ । तर,उनिहरुकालागि दाना पानी र गोठको व्यवस्था किन गरिदैन । के तिनलाई पेट भरी खान नदिनु पाप होइन ? के उनिहरुले ओत लागेर बस्न नपाउनु पाप होइन ? के रात दिन भोकै प्यासै तड्पिएर मार्नु पाप होइन ? म आज तपाईहरु सम्पुर्ण गाई मार्नु हुन्न भनेर उफ्रिने र गौ रक्षा गर्छौ भन्दै हिड्ने गौभक्तहरुबाट यि सबै प्रश्नको उत्तर चाहन्छु । यसको पाप कसले बोक्छ ?

विश्वमै एकमात्र हिन्दु राष्ट्र थियो नेपाल । धर्मका लागि झै झगडा र मनमुटाव थिएन । सवै धर्मले ठाउ पाएको थियो । कसैले कसैलाई हेप्ने र हप्काउने प्रवृत्ति थिएन । यो फलानो धर्मको उ फलानो धर्मको मान्छे भन्ने खासै कुरा उठ्थेन । किनकी यो राष्ट्र हिन्दु राष्ट्र थियो । अरु धर्म मान्नेहरु पनि मान मर्यादामा बसेका थिए । अहिले जस्तो खुलेआम पैसाको धर्मनीति भएको देखिदैनथ्यो । तर, अहिले ति सब हराइ सकेका छन् । एउटै घरमा फरक फरक धर्म मान्नेहरु छन् । पैसामा धर्म बिकिरहेको छ । आफ्नो संष्कृति परम्परा हराउँदै गएको छ भने बिदेशी संष्कृति हावी भएको छ । यस्तो अवस्थामा यो मुलुकमा कसरी गाई संरक्षण हुन सक्ला ? अझ हरेक गोठभित्र होलेस्टन गाईहरु संरक्षण हुदै छन् । लोकल गाईलाई गोठबाट हटाएर सडकमा, जंगलमा पु¥याइएको छ ।

कञ्चनपुरमा कसले गरयो गौ हत्या ?
यतिवेला कञ्चनपुरको बेदकोट नगरपालिकामा छाडा चौपाया व्यवस्थापनको आन्दोलन चर्किएको छ। चौपाया व्यवस्थापनमा नगर प्रमुख र उप प्रमुखकै मतभेद देखिएको छ । सोमबार राति नगरपालिकाले छाडा चौपायालाई ट्रकमा राखेर जंगल क्षेत्रमा छाडेको छ । ती मध्ये केही गाईगोरु मरेको भन्दै आज बिहानैबाट स्थानीय र गौरक्षाका लागि कृयाशिल व्यक्तिहरु विरोधमा उत्रिएका छन् ।

गत शनिबारदेखि स्थानीय किसानले छाडिएका पशु चौपायाले अन्नबाली खाएको भन्दै बेदकोट नगरपालिकामा चौपाया हुलेर आन्दोलनमा उत्रिएका थिए। सोमबार नगरपालिबाट व्यवस्थापन गछौँ भनि पशु चौपाया लगियो तर ति मध्ये केही चुरे फेदमा मृत र गाडीएको अवस्थामा फेला परेका छन् । नगरपालिकाले व्यवस्थापन गछौँ भनि लगेका पशु चौपाया भिरमा खसालेर हत्या गरेको स्थानीयको आरोप छ । नगरपालिकाबाट चुनेपानीमा व्यवस्थापन गछौँ, भनेर ट्रकमा लगिएका केही पशु भिरमा खसालेर मारेको र केही खाल्टोमा गाडिदिएको भेटिएका हुन् । बेदकोट नगरपालिका ३ दैजी लिप्ना सडकखण्ड अन्तर्गत चुरे क्षेत्रमा गाडिएको अवस्थामा ८ गाईगोरु भेटिएका छन । ६ बच्चाबाच्ची र २ गाई खाडलमा गाडिएको अवस्थामा भेटिएपछि स्थानीयले नगरपालिकाले हत्या गरेको आरोप लगाएका छन् ।
‘विश्व हिन्दु गौ रक्षा जागरण अभियान लगायत संघ संस्थाले घटनाको सत्यतथ्य छानबिन गरी उक्त कार्यमा संलग्न रहेका व्यक्तिहरु माथि कडा भन्दा कडा कार्वाही गर्न प्रशासन समक्ष माग राखेको छ ।

यसरी कहिले भिर बाट खसालेर त कहिले खुलेआम गाई तस्कर गर्दा समेत न त नेपालको सरकारले कुनै कदम चाल्छ न स्थानीय प्रशासन ले यसको खोजीनिति गरेर दोषीलाई दण्डित गर्न सक्छ । यसरी गाईको हरेक दिन हाम्रै आँखा अगाडी हत्या भइरहेको छ, तस्कर भइरहेको छ । छाडा छाडिएका गाईहरु जतिवेला जुन ठाउँबाट पनि तस्कर गर्न सहज भएको छ ।

कारण, पुर्खौ देखी पालीएका गाईहरुको नामो निसान मेटाएर जर्सि भन्दै बिकासे गाईहरु पालिनु हो । मैले ति गाई नपाल्नुस भनेको होइन तर पहिले आफ्नो गोठमा भएका गाईहरुको संरक्षण गरेर मात्र बाहिरको गाई भित्र्याउनु पर्छ भन्ने मेरो मान्याता हो ।

त्यसैले, सक्छौ आफु संग भएका गाईहरुको पालन पोषण गर हैनभने सडकमा छाडा छाड्ने कार्य पनि नगर । अझ, यस्तो अवस्थामा गौमाताको संरक्षण गर्ने भन्दै ठूला भाषण दिनेहरु तिम्रो गोठमा छिरेर कसैले जबरजस्ती गौहत्या गर्दैन ? गोठमा होलेस्टन बाँधेका छौ । लोकल गाईलाई सडकमा मिल्काएका छौ अनि फेसबुकमा गौमाताकी जय भनिरहेका छौँ । गौ तस्करी रोके भनेर नाक फुलाईरहेका छौ तर त्यही गाई खाना र पानीको अभावमा छट्पटाई छट्पटाई मरेको देखिरहेका छैनौ । यो कस्तो मुढता हो ? र यो कस्तो गौभक्ति हो ?

गौ तस्करी रोक्नु मात्रै हाम्रो दायित्व हो ?

गौ तस्करी रोक्नु मात्रै हाम्रो दायित्व हो ? सडकमा छाडीएका गाई र तिनका बाच्छाहरूको व्यवस्थापन, हेरचाह र सेवासुसार हाम्रो दायित्व होईन ? तिनीहरूको जीवन हाम्रो नजरमा अमूल्य छ भने भोक र प्यासको श्रापले ग्रस्त किन बनाइरहेका छौ ? यसलाई हाम्रो शास्त्रले पाप मानेको छ कि छैन ? गोठमा बाँधेको गाईलाई सडकमा खेदाएर आश्रयहिन बनाउनु पाप हो कि होईन ? गौमाताप्रति गहिरो श्रद्धा राख्छौ भन्दै हिड्नेहरु हो सक्छौ खाना र पानीको अभावमा जाडो र वर्षाले चुटिएर मर्न बाध्य पारिएका गाईलाई फेरि लगेर आफ्नो गोठमा बाँध्ने आँट गर । अनि चोरी छिपी भइरहेको गाई तस्कर रोक ।

उसो त यि र्गाइहरु तपाई हामीमा पलाएको पैसाको लालचको शिकार भएका हुन् । सडकमा जति पनि स्थानीय गाई देखिएका छन् ती सबै तपाई हाम्रै गोठबाट धपाईएका हुन् ।

कारण स्पष्ट छ- स्थानीय गौमाताको भक्ति गर्दा हामीलाई आर्थिक लाभ भएन । पश्चिमाहरूले माशु र दुधको मात्रा बढाउन प्रविधिको प्रयोग गरेर उत्पन्न गरेको विकासे गाईको सेवा गर्छौ । त्यसैले मलाई लाग्दैन, यि विकासे गाईको हाम्रो धार्मिक आस्थासँग कुनै सरोकार छ । त्यसैले आफ्नो गोठमा भएका स्थानीय गाईको बिचल्ली नपार । आर्थिक लालच र बिकासे गाईको प्रलोभनले हाम्रो शास्त्रले मान्दै आएको गाईको नामो निसान नमेटाउ ।

भगवान श्रीकृष्ण गोठालो भएर हिडेका पनि तिनै स्थानीय गाईकै जाती हो नकि विकासे गाई । र हाम्रो शास्त्रले मान्यता दिएको पनि तिनै स्थानीय जातका गाईको गहुतर गोबरलाई हो नकि गोठमा पालेर दानापानी खुवाएर पालेका गाईले दिएको त्यो गन्हाउने गहुत र गोवरको । मैले भन्न खोजेको बिकासे गाई पाल तर स्थानीय गाइलाई हेला नगर । स्थानीय गाईको महत्व बुझ्ने प्रयास गर । जस्को पिसावमा मात्रै हामीमा भएका अनेक रोग संग लड्ने क्षमता छ । जसको दुधमा आमाको दुधमा पाइने तागत छ । त्यस्तो गाईको हेला हैन संरक्षण गर । हत्या र तस्कर होइन जोगाएर राख ।  किनकी गौ हत्या पाप हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved