विश्वकप फुटबलको सेमिफाइनल र फाइनल खेलमा छुट्टै बल प्रयोग गरिँदै

फिफा र एडिडासले सार्वजनिक गरे नयाँ बल

  • मंसिर २६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनलमा प्रयोग हुने बल परिवर्तन हुने भएको छ ।

समुह चरणदेखि प्रयोग हुँदै आएको ‘अल रिहला’ नामको बल अब सेमिफाइनल र फाइनल खेलमा प्रयोग नहुने भएको हो ।
सेमिफाइनल र फाइनल खेलमा फिफाले ‘अल हिल्म’ नामक बल प्रयोग गर्ने भएको छ । फिफा र एडिडास कम्पनीले आइतबार सो बल सार्वजनिक गरेका छन् । ‘अल हिल्म’ अरबी शब्द हो र यसको अर्थ ‘सपना’ हुन्छ । यसअघि प्रयोग भएको बल ‘अल रिहला’ को अर्थ भने ‘यात्रा’ रहेको थियो ।

यसअघि ‘अल रिहला’ बलमा जस्तै यस बलमा पनि ‘कनेक्टेड बल टेक्नोलोजी ’को प्रयोग गरिएको छ । यसले रेफ्रीहरुलाई निर्णय लिन निकै मद्दत पुगेको एडिडासले जनाएको छ । यस बलको डिजाइनमा सुनौलो रंग प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएको त्रिकोणात्मक आकारले दोहा र वरपरको मरुभूमिको प्रारूप दिन्छ ।

यस्तै, फिफा विश्वकपको रंग र कतारको झण्डाको स्वरूप पनि प्रयोग गरिएको छ । यसपटक ‘अल रिहला’ को प्रयोगमार्फत ‘अर्ध स्वचालित अफसाइड प्रविधि’ को नयाँ प्रयोग पनि गरिएको थियो । यसले बललाई आधुनिक प्रणालीसँग जोडेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved